आज २०८१ साल जेठ १२ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ १२ गते शनिबारको राशिफल


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ १२ गते शनिबार तदनुसार सन् २०२४ मे २५ तारिख। जेठ कृष्ण पक्षको द्वित्तिया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आफूले बनाएका योजना सफल बन्नेछन्। शिक्षामा गरेको लगानी भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा लाभ हुने दिन छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुने योग छ।

वृष : कम बोल्नु राम्रो हुन्छ। तपाईंको श्रमको उचित मूल्याङ्कन हुनेछ। स्वदेशी लगानीबाट फाइदा हुने दिन छ। परिवारबाट रचनात्मक साथ पाइनेछ। प्रेम सम्बन्ध रमाइलो बन्नेछ।

मिथुन : आफै लागिपरेर गरेको काममा प्रगति हुनेछ। व्यापारमा फाइदा हुने दिन हो। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति होला। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

कर्कट : फसेको लगानी उठ्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। साथीहरु अनुकुल भएकाले दिन रमाइलो हुनेछ। परिवारको सहयोग मिल्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दैनिकी राम्रो छ। आफ्नो क्षेत्रमा लगानी गर्ने समय छ। धेरै मानिसले तपाईंको प्रशंसा गर्नेछन्। विरोधी शान्त छन्। विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। परिवारको सुझाव अनुसार चल्नु राम्रो हुनेछ।

कन्या : समय राम्रो छ। काम पूरा हुनेछन्। लगानीभन्दा पनि भैपरी आउने कामबाट लाभ मिल्नेछ। व्यापारिक क्षेत्रमा फाइदा हु्नेछ। पारिवारिकको तर्फबाट सहयोग प्राप्त हुनेछ।

तुला : दिन रमाइलो हुनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा सुधार हुने योग छ। रोजगारीमा फाइदा हुनेछ। आज दक्षिणको लामो यात्रामा नजानु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन रमाइलो बन्नेछ। विष्णुको दर्शन गरेमा मनमा उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। समाजिक क्षेत्रमा सम्ममान प्राप्त होला। पारिवारिक सहयोग प्राप्त हुनेछ।

धनु : मनमा उत्साह बढ्नेछ। योजना सफल बन्नेछन्। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। नोकरीमा बढुवा हुने योग छ। परिवारसँगै बसेमा मिठो खान पाइने छ।

मकर : साढे सातको समय भएकाले शनिशान्तिको कामना गर्नु राम्रो हुन्छ। झुटा आरोप लाग्ने जोखिम देखिन्छ। मन शान्त नहुने खतरा छ। जसले गर्दा परिवारको सन्तुलनमै खलल पुग्ने देखिन्छ।

कुम्भ : झुठो आरोप लाग्नसक्छ। परिवारमा मनमुटाव हुने खतरा छ। मनमा तनाव बढ्नेछ। रोगको प्रकोपले सताउने छ। रोग बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

मीन : आफ्नो व्यवस्थापन आफैले गर्नुपर्ने समय हो। अरुको भर पर्दा घाटा हुनसक्छ। श्रमको क्षेत्रबाट फाइदा हुनेछ। तपाईंमाथि श्रमिकले आक्रमण गर्ने भएकाले सचेत हुनु राम्रो हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ५ : ०४ बजे

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२