दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी « Khabarhub

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको महिला क्रिकेटको सुरुआती खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर रङ्शाशालामा भएको उक्त  खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गर्न पुगेको कोशी प्रदेशले सवै विकेट गुमाएर ६५ रन मात्र बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रनको योगदान दिइन् ।

उनले ३६ बल खेल्ने क्रममा एक छक्का र पाँच चौका प्रहार गरिन् । 

बलिङतर्फ आर्मीकी यमुना थारूले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभर बलिङ गर्ने क्रममा दुई ओभर मेडन राख्दै छ रन मा खर्चिन । यसैगरी मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र सङ्गीता गुरुङले एक–एक विकेट लिइन् । 

आर्मीले ६६ रन १३ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा बनायो । आर्मीका लागि विन्दु रावलले सर्वाधिक २१ रन बनाइन् । उनले २८ बलको सामना गर्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै, रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन् । 

बलिङतर्फ कोशीकी रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन् । प्रतियोगिताको प्लेयर अफ दी म्याच आर्मीकी यमुना थारू घोषित भइन् । प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा पौडी, बर्दियामा टेनिस, सुर्खेतमा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेट खेल सञ्चाल भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र महत्ताले जानकारी दिए । 

मिडिया सेन्टर उद्‌घाटन

यसैबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को सञ्चालन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन मिडिया सेन्टर स्थापना गरिएको छ । 

कर्णाली प्रदेश रङ्गशाला वीरेन्द्रनगर परिसरभित्र स्थापना गरिएको उक्त सेन्टरको शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले उद्‌घाटन गरे । 

उद्‌घाटन गर्दै सचिव पौडेलले प्रतियोगिता अवधिभर हुने ३२ विधाका खेलको अडियो, भिडियो, अनलाइन, छापालगायतका विभिन्न सञ्चारका माध्यबाट प्रकाशित समाचार एकद्वारा प्रणालीबाट विश्वसनीय, रचनात्मक, तथ्यपरक र पारदर्शी तवरबाट वितरण होस् भन्ने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको बताए।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले सङ्घ र प्रदेशमा रहेका सबै  सञ्चारकर्मीलाई समाचारमा एकरूपता ल्याउन आग्रह गर्दै अनौपचारिक रुपमा आजदेखि कर्णाली प्रदेश रङ्गशालामा विभिन्न खेल सञ्चालन भएका जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ७ : १० बजे

यूएईको रस अल खैमाहमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको महिला क्रिकेटको सुरुआती

पाकिस्तानले नेपाललाई दियो १ सय ६९ रनको लक्ष्य

काठमाडौँ- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तानले नेपाललाई १ सय ६९

पाकिस्तान ‘ए’ विरुद्ध राशिद खान एक्लैले लिए ५ विकेट

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा नेपालका बलर राशिद खान एक्लैले