यूएईको रस अल खैमाहमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु « Khabarhub

यूएईको रस अल खैमाहमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ। यूएईको आन्तरिक मामिला मन्त्रालयका अनुसार मंगलबार भएको दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।

उद्धार कार्यमा एम्बुलेन्स सेवा, नागरिक सुरक्षा विभाग (सिभिल डिफेन्स) लगायत सम्बन्धित निकायका टोली खटिएका थिए। दुर्घटनाको कारण र घटनाको वास्तविक परिस्थिति पत्ता लगाउन अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ।

यसअघि नोभेम्बर १२ मा यूएईकै फुजैराह इमिरेटमा भएको अर्को भीषण सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए। लगातार भएका सडक दुर्घटनाले यूएईमा सडक सुरक्षाबारे चिन्ता बढाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ७ : १४ बजे

यूएईको रस अल खैमाहमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको महिला क्रिकेटको सुरुआती

पाकिस्तानले नेपाललाई दियो १ सय ६९ रनको लक्ष्य

काठमाडौँ- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तानले नेपाललाई १ सय ६९

पाकिस्तान ‘ए’ विरुद्ध राशिद खान एक्लैले लिए ५ विकेट

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा नेपालका बलर राशिद खान एक्लैले