धनगढीमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै « Khabarhub

धनगढीमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै गएको छ । उपमहानगरले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकका लागि कार्यान्वयनमा ल्याएको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

चालु आवको साउनदेखि वैशाखसम्म ३९ हजार ४६ जना बिरामीले सेवा लिएका उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए। उनका अनुसार सो अवधिमा ३० हजार दुई सय ९७ महिला र आठ हजार सात सय ४९ पुरुषले सेवा लिएका छन् ।

सो कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको अवस्थीले बताए।

स्वास्थ्य शाखा प्रमुख अवस्थीका अनुसार २० हजार चार सय ४४ जनाले जनरल फिजिसियनबाट, सात हजार पाँच सय ७२ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र ११ हजार ३० जनाले आँखासम्बन्धी सेवा लिएका छन् । सो अवधिमा सेवा लिनेमध्ये पाँच हजार आठ सय ७३ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेको उनले जानकारी दिए।

पाँच हजार नौ सय ३० जनाले निःशुल्क प्रयोगशाला जाँच, पाँच हजार आठ सय ४८ गर्भवतीसम्बन्धी लिएकामा दुई हजार पाँच सय ४४ ले निःशुल्क अल्ट्रासाउण्ड गराएका प्रमुख अवस्थीले जानकारी दिए ।

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गत आवको साउनदेखि उक्त कार्यक्रम १९ वटै वडामा प्रत्येक महिना सञ्चालन हुँदै आएको उनको भनाइ छ ।

‘क्लिनिकमा बिरामीको निःशुल्क जाँचका साथै औषधि पनि निःशुल्क दिने गरिएको छ’ , स्वास्थ्य शाखा प्रमुख अवस्थीले भने, ‘ग्रामीण क्षेत्रका विपन्न नागरिकले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाइरहेका छन् । ज्येष्ठ नागरिक, गर्भवतीलगायत वर्गमा यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको पाएका छौँ ।’

आव २०७९र८० मा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार छ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार छ सय ८९ जनाले सेवा लिएका उपमहानगर कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  १२ : २७ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान