कार्यदल बैठकमा सहमति जुटेन, नेताहरू बालुवाटारतिर « Khabarhub

कार्यदल बैठकमा सहमति जुटेन, नेताहरू बालुवाटारतिर


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

फाइल फोटो ।

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक सहमतिबिनै टुङ्गिएको छ ।

बैठक बिना निष्कर्ष टुङ्गिएपछि कानून मन्त्रालयबाट कार्यदल सदस्यहरू सीधै प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका छन्‌ । कार्यदलको बैठक सकिएपछि नेताहरू बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका हुन्‌ ।

कानून मन्त्री पदम गिरीले बैठकमा सहभागी कार्यदलका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेको जानकारी दिए । उनका अनुसार कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताहरूबीच नै छलफल गरेर सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, ज्ञानेन्द्र कार्की सहभागी छन् ।

यस्तै सत्ता पक्षका एमालेबाट उपप्रधान तथा भौतिक पूर्वधानमन्त्री रघुवीर महासेठ र सांसद विष्णु पौडेल सहभागी छन् । अर्थमन्त्री वर्षमान पुन पनि बालुवाटार पुगेका हुन्‌ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार शेरबहादुर देउवा भने बिरामी परेका कारण बैठकमा उपस्थित छैनन् । लेखकले खबरहबलाई भने, ‘प्रधानमन्त्रीले छलफलमा बोलाउनु भएर हामी आएका छौं ।’

कार्यदलको बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘अहिलेलाई बैठक सकिएको छ । छलफल जारी छ । हामी प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार हिनेका छौँ ।’ उनका अनुसार बैठकमा भएका कुराहरू प्रधानमन्त्रीकहाँ प्रस्तुत हुने गरिनेछ ।

आज बसेको कार्यदल बैठकमा कार्यदलमा कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक  बर्तौला र रास्वपाबाट शिशिर खनाल सहभागी थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा पुगेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ७ : ०४ बजे

नेपाल नेत्रज्योति सङ्घबाट कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर

कम्बोडिया– नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे

स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

काठमाडौँ – गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा