अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको चुनौती « Khabarhub

अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको चुनौती


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा अहिले अफगानिस्तानले बंगलादेशलाई ११६ रनको चुनौती दिएको छ।

सुपर-८ को अन्तिम खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर ११५ रन बनाएको हो।

अफगानिस्तानका लागि रहमानउल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए। कप्तान राशिद खानले नटआउट १९ रन जोडे। इब्राहिम जाद्रानले १८ रन जोड्दा अजमातुल्लाह उमरजाई १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बंगलादेशका लागि रिशाद हुसेनले तीन विकेट लिँदा मुस्ताफिजुर रहमान र तस्किन अहमदले एकएक विकेट हात पारे।

सुपर-८ को समूह-१ बाट भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरिसेको छ। अन्तिम खेलमा गएराति अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनल पुगेको हो। यो समूहबाट सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो बंगलादेश र अफगानिस्तानको खेलमा भर पर्नेछ।

अस्ट्रेलियाले तीन खेल खेल्दा दुई अंक मात्र बनाएको छ भने दुई खेल खेलेको अफगानिस्तानको समान दुई अंक छ।

अंकबिहीन बंगलादेशसमेत सेमिफाइनल दौडबाट बाहिरिसकेको छैन। बंगलादेशले अफगानिस्तानविरुद्ध जित निकाले अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान दुईदुई अंक हुनेछ। तीन टिममध्ये रनरेटको आधारमा एउटा टिम सेमिफाइनल प्रवेश गर्नेछ। अफगानिस्तान विजयी भए स्वः सेमिफाइनल पुग्नेछ।

सुपर-८ को समूह-२ बाट भने दक्षिणा अफ्रिका र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनल प्रवेश गरिसेका छन्।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : ०० बजे

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते