परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका विभिन्न चुनौतीहरूलाई सामूहिक सामना गर्न एसिया सहयोग संवादले महत्त्वपूर्ण योगदान पुराएको बताएका छन् ।

इरानको तेहरानमा आयोजित एसिया सहयोग संवादको १९औँ मन्त्रिस्तरीय बैठकमा सहभागी भई मंगलबार स्वदेश फर्केका श्रेष्ठले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका जलवायु परिवर्तन, द्वन्द्व, ऊर्जा सुरक्षा, प्राकृतिक प्रकोप, संगठित अपराध जस्ता चुनौतीहरूको सामूहिक रूपमा सामना गर्नका लागि बैठकले महत्त्वपूर्ण योगदान पुराएको बताएका हुन् ।

बैठकमा नेपालको सहभागिताले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय रूपमा नेपालको सकारात्मक छविको प्रवर्द्धन गर्न, सदस्य मुलुकहरू बीच आपसी लाभका क्षेत्रहरूमा सहकार्यलाई घनिभूत बनाउन मद्दत पुगेको उनले बताए ।

एसिया सहयोग संवादको यस बैठकले यसअघिका शिखर सम्मेलन लगायतका बैठकहरूमा भएका निर्णयहरू, समझदारीको प्रभावकारी कार्यान्वयनका लागि सदस्य मुलुकहरू बीच आपसी सहयोग, सहकार्य एवं ऐक्यबद्धतामा जोड दिएको उनले बताए ।

एसियाली मुलुकहरुबीच एसिया सहयोग संवादको उपस्थिति, जनचासो र प्रभावकारिता विस्तार गर्ने उद्देश्य अनुरूप प्रत्येक वर्ष जुन महिनामा एसिडि डे मनाउने बारेमा तेहरान घोषणापत्रमा उल्लेख गरिएको उनले जानकारी दिए ।

उनले नेपालीसँग हितसम्बन्धी विषयमा पनि साइडलाइन छलफल गरिएको जिकिर गरे ।

बैठकले एसियाली विश्वविद्यालयहरुबीचको सञ्जाललाई विस्तार गरी सदस्य मुलुकहरुबीच सहकार्यका लागि आवश्यक कार्य योजना बनाउन इरानले अध्यक्षता गरेको शिक्षा र मानव संशाधन विकास सम्बन्धी कार्यदललाई निर्देशन दिएको पनि श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : १५ बजे

चिनियाँ विश्लेषकले जब गङ्गाभन्दा उत्तरमा पर्ने भूभाग चीनको हुनुपर्ने बताए…

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीनिकट एक जना राजनीतिक विश्लेषकले भारतको गङ्गा

स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा भएका स्रोत साधनको

मौसम विभागले भन्यो- एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन

शेरधनको तर्क- ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति आउने होइन, राजनीति गर्ने इच्छा देखाउनु भएको छैन

काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति

विश्व बैंकको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

गण्डकी– नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन