बराबरीमा खेल सकिएको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय ! « Khabarhub

बराबरीमा खेल सकिएको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय !

पेरिस ओलम्पिकको फुटबलमा विवाद


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस ओलम्पिकको फुटबलमा खेल सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित भएको निर्णय सार्वजनिक भएको छ। विवाद र अन्योलतामा २-२ को बराबरीमा टुंगिएको खेल सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना २-१ ले पराजित भएको निर्णय सार्वजनिक भएको हो।

समूह ‘बी’को अर्जेन्टिनाले अन्तिम समयमा गरेको गोललाई भारले मान्यता नदिएपछि निर्णय विवादास्पद देखिएको हो। अर्जेन्टिनाले यो निर्णयलाई फुटबलकै बेइज्जत भनेको छ। प्रशिक्षक ज्याभिएर मास्केरानाले यस्तो बताएका हुन्।

खेलको क्रममा दर्शकले तनाव सिर्जना गरेपछि यसको निर्णय खाली रंगशालामा दुई घण्टापछि भएको थियो। निर्धारित अवधिभर खेल २-२ को बराबरीमा टुंगिएको मानिएको थियो। यो खेल जेफरोय गुइचार्ड रंगशालामा गएराति भएको थियो।

मैदान र दर्शक दीर्घामा विवाद भएपछि दोस्रो हाफको अतिरिक्त समयको १६ औं मिनेटमा अर्जेन्टिनाका लागि क्रिस्टियन मेडिनाले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए। त्यसपछि दर्शकले मैदानमा उपद्रो मच्चाएका थिए। अर्जेन्टिनाको गोल लगत्तै रेफ्रीले खेल सकिएको निर्णय गरेका थिए। दुवै टिमले मैदान छोडेका थिए। तर यो खेलको अन्तिम निर्णय भने दुई घण्टापछि आएको हो।

पेरिस ओलम्पिक अन्तर्गत फुटबलका अन्य खेलमा समूह ‘बी’ मा इराकले युक्रेनलाई २-१ ले पराजित गरेको छ। समूह ‘डी’को जापानले पाराग्वेमाथि ५-० को जित निकालेको छ। समूह ‘सी’को खेलमा उज्वेकिस्तान स्पेनसँग २-१ ले पराजित भएको छ भने डोमिनिक रिपब्लिक र इजिप्टले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : ३१ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव