एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायत विषयमा छलफल हुनेछ ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय समितिमा रहेकामा दुई सय ५१ केन्द्रीय सदस्यको सपथ ग्रहण गर्न बाँकी रहेकाले बैठकमा उनीहरूलाई सपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरुको जिम्मेवारी हेरफेर गरिने जनाइएको छ ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिने विषय प्राथमिकतामा रहेको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने उनको भनाइ छ ।

केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिए । बैठक मंगलबारसम्म चल्नेछ ।

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ७ : ३५ बजे

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी