सेती नदीको कटानले सतीघाट जान समस्या | Khabarhub Khabarhub

सेती नदीको कटानले सतीघाट जान समस्या


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कास्की– सेती नदीको कटानका कारण बाटो भत्किँदा कास्कीको पोखरा महानगरपालिका–३२ स्थित सतीघाट जान समस्या भएको छ ।

परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने  बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो ।

घाटसम्मको बाटोलाई विगत दुई वर्षयता लगातार रुपमा बजेट विनियोजन गरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाका वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।

वडामा बाढी नियन्त्रणका लागि ७० लाख  बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ९ : ०५ बजे

सांसदलाई हली बनाएपछि…

काठमाडौं– सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद

प्रचण्डले माधव र विप्लवलाई एकताको कार्ड फ्याँकेलगत्तै समाजवादी मोर्चाको बैठक

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको प्रतिपक्षी दलहरू संलग्न समाजवादी

नाग दोषबाट मुक्ति मिल्ने विश्वासको तीर्थस्थल कमलपोखरी

गण्डकी– पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरीले नागजन्य दोषबाट मुक्ति मिल्ने तीर्थस्थलका

नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक सङ्घीय संसद्को चालु

एमालेभित्रका माओवादीको कन्तबिजोक !

काठमाडौँ – नेपालका दुई प्रमुख कम्युनिष्ट दलहरू नेकपा (एमाले) र