आइफोन प्रो म्याक्स १५ बोक्नुभएको छ ? कति फरक पर्ला प्रो म्याक्स १६ ? | Khabarhub Khabarhub

आइफोन प्रो म्याक्स १५ बोक्नुभएको छ ? कति फरक पर्ला प्रो म्याक्स १६ ?


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

तपाईले एप्पलको नयाँ भर्सन चलाउने रहर गरेर आइफोन प्रो म्याक्स–१५ किन्नुभएको छ ? थाहा पाइराख्नोस् आगामी महिना अर्थात् २०२४ सेप्टेम्बरदेखि बजारमा आइफोन प्रो म्याक्स–१६ आउन लागेको छ । नयाँ भर्सन आइसकेपछि तपाईलाई आफूले बोकेको फोन पुरानो मोडेलको भयो कि भन्ने चिन्ता लाग्न सक्छ ।

तर, चिन्ता नगर्नोस् । आइफोन प्रो म्याक्स–१५ र आइफोन प्रो म्याक्स–१६ मा धेरै ‘फिचर्स’हरुको समानता छ । केही सामान्य कुराहरु मात्र फरक छ । यी दुई भर्सनमा त्यति ठूलो भिन्नता रहने छैन ।

आखिर आइफोन प्रो म्याक्स–१५ र आइफोन प्रो म्याक्स–१६ कस्तो समानता र भिन्नता छ त ? आउनुहोस् तुलना गरौं ।

अपरेटिङ सिस्टम : अपरेटिङ सिस्टमको हिसाबले आइफोन प्रो म्याक्स–१६ मा आइओएस–१८ रहेको छ भने चिप्स ए–१८/२ नानोमिटर रहेको छ । तर, आइफोन प्रो म्याक्स–१५ मा आइओएस–१७, चिप्स प्रो–३ नानोमिटर छ । यस आधारमा आइफोन प्रो म्याक्स–१५ भन्दा १६ केही स्मार्ट हुनेछ ।

स्क्रिन  : दुबै फोन स्क्रिनको हिसाबले समान रहनेछन् । जस्तो–दुबै भर्सनको स्क्रिन साइज ६.७ इञ्च र स्क्रिन र बडीको रेसियो ८९.८ प्रतिशत रहनेछ । त्यस्तै, स्क्रिन रेजुलेसन दुबैको १२९०÷२७९६ पिक्सेल रहने छ । दुबै फोनको पिक्सेल डेन्सिटी ४६० पीपीआई रहनेछ भने स्क्रिन प्रोटेक्सन पनि समान रहनेछ ।

साइज  : आइफोन प्रो म्याक्स–१५ भन्दा आइफोन प्रो म्याक्स–१६ को लम्बाइ र चौडाई दुबै अलिकति बढी छ । तर, फोनको बाक्लोपन चाहिँ आइफोन प्रो म्याक्स–१६ को केही बढी हुनेछ ।
आइफोन प्रो म्याक्स–१५ को लम्बाइ १५९ एमएम छ भने चौडाइ ७६.७ एमएम छ । मोटाइ (बाक्लोपन) ८.३ एमएम छ ।

तर, आइफोन प्रो म्याक्स–१६ को लम्बाइ १६० एमएम, चौडाइ ७७.६ एमएम छ र मोटाइ (बाक्लोपन) ७.९ एमएम रहने छ ।

र्‍याम र मेमोरी : आइफोन प्रो म्याक्स–१५ र १६ दुबै भर्सनमा ८ जीबी ¥याम रहनेछ । दुबैले बाहिरी मेमोरी कार्ड सपोर्ट गर्ने छैनन् । इन्टरनल स्टोरेज मेमोरीमा भने आइफोन प्रो म्याक्स–१६ अलिकति स्मार्ट छ । आइफोन प्रो म्याक्स–१५ फोन २५६/५१२ जीबी र १ टीबीसम्मको पाइन्छ भने आइफोन प्रो म्याक्स–१६ चाहिँ यसका अतिरिक्त २ टीबी सम्मको पाइन्छ ।

क्यामेरा : क्यामेराको हकमा पनि आइफोन प्रो म्याक्स–१५ बोक्नेले आइफोन प्रो म्याक्स–१६ आउँदा कुनै टेन्सन लिनुपर्दैन । किनभने, दुबै फोनका क्यामेराको क्वालिटी समान हुनेछन् ।
दुबै फोनमा ४८ एमपी वाइडका ट्रिपल रियल क्यामेरा रहनेछन् । रिलय क्यामेरा अन्तरगत १२ एमपी टेलिफोटो र १२ एमपी अल्ट्रावाइड क्षमता रहनेछ ।

भिडियो रेकर्डिङ दुबैले ४–के/६० एफपीएस क्षमताको गर्नेछन् । सेल्फी खिच्दा दुबैको क्षमता समान अर्थात् १२ एमपी वाइड रहनेछ भने फ्रन्ड भिडियो दुबैले ४–के/६० एफपीएसकै खिच्नेछन् ।

ब्याट्री : मोबाइलको ब्याट्री आइफोन प्रो म्याक्स–१६ मा ४५०० MAh रहेको छ भने आइफोन प्रो म्याक्स–१५मा ४४४१ MAh रहेको छ । तारबाट चार्ज गर्दा दुबै फोन आधा घण्टामा ५० प्रतिशत चार्ज हुन्छन् ।

अन्य फिचर्स : युएसपी पोर्ट दुबै फोनले टाइप–सी सपोर्ट गर्नेछन् । आएपी रेटिङ पनि समान अर्थात् ६८ नै रहनेछ । स्क्रिन सेभर पनि समान छ । स्क्रिन ब्राइटनेस, रिफ्रेस रेट । स्क्रिन टाइप पनि समान रहेका छन् । दुबै फोनले ५–जी सपोर्ट गर्नेछन् । जीपीयु पनि दुबैको समान अर्थार ६–कोर रहनेछ ।

तर, सीपीयु चाहिँ आइफोन प्रो म्याक्स–१६ को अलि पावरफूल छ । आइफोन प्रो म्याक्स–१६ को सीपीयु ३.८३ गिगाहर्जको हुनेछ भने आइफोन प्रो म्याक्स–१५ चाहिँ ३.७८ को रहेको छ ।

मूल्य : अब दुईवटा फोनको मूल्यको तुलना गरौं । विश्व बजारमा आइफोन प्रो म्याक्सको विभिन्न प्रकारको दाम रहेको छ । सामान्यतः आइफोन प्रो म्याक्स–१५ को मूूल्य ११९९ अमेरिकी डलर अर्थात् करिब १ लाख ५९ हजार (नेपालमा १ लाख ८० हजार भन्दा बढी) पर्छ ।

आइफोन प्रो म्याक्स–१६ को मूल्य आइफोन प्रो म्याक्स–१५ को भन्दा एक सय डलर ( अर्थात् १३ हजार रुपैयाँ) बढी पर्ने अनुमान गरिएको छ । यो हिसाबले हेर्दा नेपालमा आइफोन प्रो म्याक्स–१६ को मूल्य झण्डै २ लाखसम्म पर्न जान्छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १ : ५६ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन