रेकर्ड र शर्तका आधारमा विद्युत महसुल उठाउनुपर्छ : सांसद् पाण्डे | Khabarhub Khabarhub

रेकर्ड र शर्तका आधारमा विद्युत महसुल उठाउनुपर्छ : सांसद् पाण्डे


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले रेकर्ड र शर्तका आधारमा डेडिकेटेड र ट्रङ्कलाइनको प्रिमियम विद्युत महसुल उठाउनुपर्ने बताएका छन् ।

अहिले जारी लेखा समिति बैठकमा बोल्दै सांसद् पाण्डेले एक खर्ब रुपैयाँ बराबरको बिक्री गर्ने एउटा ठूलो संस्थान प्राधिकरणको भविष्यबारे राजनीतिक आँखाले हेर्न नहुने बताए ।

‘प्राधिकरण एक खर्ब रुपैयाँ बराबरको बिक्री गर्ने एउटा ठूलो संस्थान हो । यो देशको मेरुदण्ड हो । प्राधिकरणले काम नगर्ने हो भने यो देश अन्धकारमय हुन्छ,’ उनले थपे, ‘राजनीतिक आँखाले हेरेर होइन, रेकर्ड र सर्तको आधारमा हेरेर निर्णय गर्न जरुरी छ । अन्यथा यसले धेरै नराम्रो रूप लिन्छ र राम्रो अवस्थामा जाँदैन ।’

टीओडी मिटर, डेडिकेटेड र टङ्कलाइनको मामिलामा अण्डा पहिले आयो कि चल्ला भनेजस्तो भएको पाण्डेको तर्क छ । यही विषयलाई लिएर वर्षौंदेखि छलफल भएको भन्दै उनले सांसदहरू महसुल उठाउनेबारे पक्ष र विपक्षमा भएको सुनिएको पनि उल्लेख गरे ।

पाण्डेले भने, ‘भोलिको दिनमा यति ठूलोा संस्था धराशायी भयो भने र त्यति ठूला उद्योगधन्दा बर्बाद भयो भने यसको जिम्मेवारी कसले लिने ? हल्का रूपमा निर्णय नगरौँ ।’

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  २ : ५८ बजे

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा

देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट

काठमाडौँ – नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजनीतिक विश्राम लिनुपर्ने

कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा

दोधारा चाँदनी– कञ्चनपुरमा सार्वजनिक सवारिसाधन सञ्चालनमा आएका छन् । ‘जेनजी’

मणिपुर पुगेर नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई बधाई (भिडियो)

काठमाडौं– पूर्वोत्तर राज्य मणिपुर पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको