बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०३ जनाको मृत्यु « Khabarhub

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०३ जनाको मृत्यु


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म २ सय ३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोसी प्रदेशमा २८ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ३ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोसी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ६२ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ५१ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोसी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १० जनाको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी कोसी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ६४ वटा घर, १ सय २३ वटा गोठ, ५२ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय २४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ६ हजार ४४ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ५ : ४७ बजे

सेबोनको कार्यालय घेर्न पुगे शेयर कारोबारीहरू 

काठमाडौं- मंगलबार बिहान उनीहरू सेबोनको कार्यालय घेर्न पुगेका छन् । 

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा