जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडीपी नेता « Khabarhub

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडीपी नेता


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडिपी) जुटेको छ । 

यस वर्षको सुरुमा आर्थिक घोटालाको आरोपमा एलडीपीको लामो समयदेखिको शक्तिशाली गठबन्धन विभाजन भएपछि हुन लागेको प्रधानमन्त्रीको लागि नौ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् । 

कन्जरभेटिभ एलडीपीसँग संसदीय बहुमत रहेकोले उक्त पार्टीको नेता विजय हुने व्यक्ति नै जापानको प्रधानमन्त्री बन्ने निश्चित छ र सम्भवतः उनीहरूले आफ्नो जनादेश प्राप्त गर्न मध्यावधि चुनावको घोषणा गर्नेछन्।

पूर्व रक्षामन्त्री शिगेरु इशिबा, लोकप्रिय पूर्वप्रधानमन्त्रीका छोरा ४३ वर्षीय शिन्जिरो कोइजुमी र महिला उम्मेदवार साना ताकाइची चुनावी प्रतिस्पर्धामा अगाडि रहेका छन् । 

बढ्दो आक्रामक चीन, उसको रूससँगको गहिरो रक्षा सम्बन्धदेखि उत्तर कोरियाको प्रतिबन्धित क्षेप्यास्त्र परीक्षणसम्मका चुनौतीबीच निर्वाचनबाट जसले नेतृत्व पाएपनि उसले क्षेत्रीय सुरक्षा खतराको सामना गर्नुपर्नेछ । 

तर स्वदेशी कारणले नयाँ नेतृत्वलाई राहतको अनुभूति हुनेछ किनकि केन्द्रीय बैङ्कले दशकौँदेखिको मौद्रिक सहजतालाई क्रमभङ्ग गर्दै येनको मूल्य घटाएको छ।

कान्डा युनिभर्सिटी अफ इन्टरनेसनल स्टडिजका लेक्चरर जेफरी जे हलले एएफपीसँग भने, ‘बहस र प्रचारका क्रममा धेरै उम्मेदवारले अमेरिकी निर्वाचनबाट आउनसक्ने कडा नेतृत्व ‘ट्रम्पलाई सम्हाल्न सक्ने म नै हुँ’ वा ‘म नै चीनको नयाँ आक्रमकताका विरुद्धमा उभिन सक्छु’ भन्ने दाबी गरेका छन्।’

एलडिपीका अध्यक्षहरू तीन वर्षका लागि पदमा रहन्छन् र लगातार तीन कार्यकालसम्म सेवा गर्न सक्छन् तर आफ्नो कार्यकालमा अलोकप्रिय बनेका प्रधानमन्त्री फुमियो किशिदाले पुनः निर्वाचनको दौडबाट बाहिरिएका छन् । 

सांसद र पार्टी कार्यकर्ताहरूबीच विभाजित गुटहरू विघटन भएपछि सीधा जीतको लागि कुनै एक उम्मेदवारले पर्याप्त मत प्राप्त गर्ने सम्भावना कम छ । 

यसले दुई शीर्ष उम्मेदवारहरू बीचको प्रतिस्पर्धालाई सबैभन्दा सम्भावित परिदृश्य बनाउँछ । विजेताको घोषणा शुक्रबार दिउँसो हुनेछ । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ३१ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य