जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडीपी नेता « Khabarhub

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडीपी नेता


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडिपी) जुटेको छ । 

यस वर्षको सुरुमा आर्थिक घोटालाको आरोपमा एलडीपीको लामो समयदेखिको शक्तिशाली गठबन्धन विभाजन भएपछि हुन लागेको प्रधानमन्त्रीको लागि नौ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् । 

कन्जरभेटिभ एलडीपीसँग संसदीय बहुमत रहेकोले उक्त पार्टीको नेता विजय हुने व्यक्ति नै जापानको प्रधानमन्त्री बन्ने निश्चित छ र सम्भवतः उनीहरूले आफ्नो जनादेश प्राप्त गर्न मध्यावधि चुनावको घोषणा गर्नेछन्।

पूर्व रक्षामन्त्री शिगेरु इशिबा, लोकप्रिय पूर्वप्रधानमन्त्रीका छोरा ४३ वर्षीय शिन्जिरो कोइजुमी र महिला उम्मेदवार साना ताकाइची चुनावी प्रतिस्पर्धामा अगाडि रहेका छन् । 

बढ्दो आक्रामक चीन, उसको रूससँगको गहिरो रक्षा सम्बन्धदेखि उत्तर कोरियाको प्रतिबन्धित क्षेप्यास्त्र परीक्षणसम्मका चुनौतीबीच निर्वाचनबाट जसले नेतृत्व पाएपनि उसले क्षेत्रीय सुरक्षा खतराको सामना गर्नुपर्नेछ । 

तर स्वदेशी कारणले नयाँ नेतृत्वलाई राहतको अनुभूति हुनेछ किनकि केन्द्रीय बैङ्कले दशकौँदेखिको मौद्रिक सहजतालाई क्रमभङ्ग गर्दै येनको मूल्य घटाएको छ।

कान्डा युनिभर्सिटी अफ इन्टरनेसनल स्टडिजका लेक्चरर जेफरी जे हलले एएफपीसँग भने, ‘बहस र प्रचारका क्रममा धेरै उम्मेदवारले अमेरिकी निर्वाचनबाट आउनसक्ने कडा नेतृत्व ‘ट्रम्पलाई सम्हाल्न सक्ने म नै हुँ’ वा ‘म नै चीनको नयाँ आक्रमकताका विरुद्धमा उभिन सक्छु’ भन्ने दाबी गरेका छन्।’

एलडिपीका अध्यक्षहरू तीन वर्षका लागि पदमा रहन्छन् र लगातार तीन कार्यकालसम्म सेवा गर्न सक्छन् तर आफ्नो कार्यकालमा अलोकप्रिय बनेका प्रधानमन्त्री फुमियो किशिदाले पुनः निर्वाचनको दौडबाट बाहिरिएका छन् । 

सांसद र पार्टी कार्यकर्ताहरूबीच विभाजित गुटहरू विघटन भएपछि सीधा जीतको लागि कुनै एक उम्मेदवारले पर्याप्त मत प्राप्त गर्ने सम्भावना कम छ । 

यसले दुई शीर्ष उम्मेदवारहरू बीचको प्रतिस्पर्धालाई सबैभन्दा सम्भावित परिदृश्य बनाउँछ । विजेताको घोषणा शुक्रबार दिउँसो हुनेछ । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ३१ बजे

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनावरी १

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये