एसबीआईले किन्यो मालदिभ्सको ऋणपत्र « Khabarhub

एसबीआईले किन्यो मालदिभ्सको ऋणपत्र


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले मालदिभ्सलाई ५ करोड अमेरिकी डलर बराबरको सहयोग गरेको छ । भारतको स्टेट बैंक अफ इण्डिया (एसबीआई) ले मालदिभ्सको ५ करोड डलर बराबरको सरकारी ऋणपत्र खरिद गरेर सहयोगको हात अघि बढाएको हो ।

मालदिभ्सबाट प्रकाशित हुने इट्रुथका अनुसार बैंकले मालदिभ्सको अर्थ मन्त्रालयले जारी गरेको ऋणपत्र खरिद गरेको हो । यसअघि गत मे महिनामा पनि एसबीआईले ५ करोड डलर बराबरको सरकारी ऋणपत्र खरिद गरेको थियो ।

मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि मालदिभ्स सरकारको विशेष आग्रहमा एसबीआईले ऋणपत्र खरिद गरेको जनाइएको छ । पछिल्ला केही वर्षयता मालदिभ्सको अर्थतन्त्रले एकपछि अर्को चुनौतीको सामना गरिरहेको इट्रुथले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ५५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका