मनोरञ्जन

बल्छी धुर्बेको सिरियल ‘राधा कृष्ण’को सार्वजनिक समय हेरफेर

By खबरहब

October 25, 2024

काठमाडौं- मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को लेखन र निर्देशन रहेको सिरियल ‘राधा कृष्ण’को सार्वजनिक समय परिवर्तन भएको छ । यसअघिका ६ एपिसोड शुक्रबार प्रसारण हुँदै आएको थियो ।

प्राविधिक कारण बताउँदै निर्माण पक्षले यस सिरियललाई बिहीबार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोहीअनुरुप बिहीबार (हिजो) सातौँ एपिसोड सार्वजनिक भएको छ ।

सार्वजनिक समयसँगै निर्माण पक्षले युट्युब च्यानल पनि परिवर्तन गरेको छ ।  बल्छीले यस सिरियललाई आफ्नै आधिकारिक च्यानल ‘बल्छी धुर्बे’ बाट सार्वजनिक निर्णय भएको जानकारी दिए ।

उनी भन्छन्, ‘हाम्रो आन्तरिक कारणले च्यानल परिवर्तन गर्नुपर्ने भयो । पूर्वघोषणा अनुरुपको च्यानलमा प्रकाशन गर्न नसेकेकामा हामी क्षमाप्रार्थी छौं ।’

‘राधा कृष्ण’ माओवादी सशस्त्र संघर्षको घटनामा आधारित कथामा बनेको सिरियल हो । भदौं २८ बाट प्रसारण सुरु भएको यस सिरियलले युट्युबमा दर्शक राम्रो साथ पाएका छन् ।

यस बल्छीसहित पुजन घिमिरे, उत्तम केसी, विशाल पहारी, रोश्नी सापकोटा, सिरु बिष्टलगायतको अभिनय रहेको छ ।