बेडरूममा गरिने यी गल्तीले कतै घरमा नकारात्मकता त भित्र्याउँदै छैन ? « Khabarhub

बेडरूममा गरिने यी गल्तीले कतै घरमा नकारात्मकता त भित्र्याउँदै छैन ?


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वास्तु शास्त्रमा घरको भान्सा, पूजा घर, बेडरूम आदिको विशेष महत्त्व छ । यी स्थान सही दिशामा हुन र यसमा राखिने चीज सही हुनु पर्ने वास्तुको मान्यता छ । यदि यी चीज सही नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ । यस्तोमा बेडरुममा हुने केही गल्ती सुधार गर्न वास्तुको सुझाव छ ।

– घरको उत्तर दिशामा घरका मुलीको बेडरूम हुनु अशुभ मानिन्छ । उत्तर दिशा कुबेरको दिशा भएकाले घर मुली यस दिशामा सुत्दा घरमा आर्थिक अभाव हुने वास्तुको मान्यता छ ।

– विवाहित जोडीको बेडरूम घरको पूर्व दिशामा हुनु पर्ने वास्तुको मान्यता छ । यसले उनीहरूको सम्बन्धमा र घरमा नकारात्मकता भित्राउने मान्यता छ ।

– घरमा पूर्वजका तस्बिर राख्नु राम्रो हो तर ती तस्बिर उत्तर दिशामा भने हुनु हुँदैन । मृतकका तस्बिर घरको उत्तर दिशामा राखे यसले धनको हानि गर्ने मान्यता छ ।

– पूर्व र दक्षिणको बीचको भागलाई आग्नेय कोण भनिन्छ । यहाँ बेडरूम राख्नु हुँदैन । अन्यथा अनिद्रा र तनावको सिकार हुने वास्तुको मान्यता छ । यस दिशामा सुत्ने व्यक्ति क्रोधी र गलत निर्णय लिने स्वभावको हुने मान्यता छ ।

– वास्तुशास्त्र अनुसार घर मुलीको बेडरूम दक्षिण दिशामा हुनु सबैभन्दा शुभ मानिन्छ । साथै सुत्दा दक्षिण दिशा तर्फ शिर पारेर सुते शुभ मानिन्छ । यसले घरमा शुभ हुने मान्यता छ । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ३८ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्