मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना « Khabarhub

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको छ ।

मध्यपुरथिमि नगरपालिकाले आज भक्तपुरको मुनि बिहारबाट ल्याएको अस्थिधातु थिमिको शङ्खधर चोकबाट बाजागाजाका साथ र्‍याली गर्दै नगरपरिक्रमा गरेर पाटी बिहार लगेर स्थापना गरेको हो ।

मुनि बिहारका भन्तेहरूले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई अस्थिधातु हस्तान्तरण गरेसँगै र्‍याली गरि ल्याएर स्थापना गरिएको मध्यपुर महोत्सवभरि सर्वसाधारणका लागि प्रदर्शनमा राखिने भएको छ ।

नगर प्रमुख श्रेष्ठले यही पुस १२ गतेदेखि सुरू भई १४ गते सम्पन्न हुने मध्यपुर महोत्सव–२०८१ को अवसरमा सर्वसाधारणलाई अवलोकनका लागि बुद्धको अस्थिधातु प्रदर्शन गरिने बताए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ९ : १८ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि