सहकारी ठगीमा रविसहितका प्रतिवादीको बयान जारी | Khabarhub Khabarhub

सहकारी ठगीमा रविसहितका प्रतिवादीको बयान जारी


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयान आज पनि जारी रहेको छ । न्यायाधीश नीतिज राईको इजलासमा गत सोमबारदेखि प्रतिवादीहरुको बयान सुरु भए पनि गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीको मात्र बयान सकिएको छ ।

मंगलबार छविको बयान सकिएपछि लिला पछाईको बयान सुरु भएकोमा आज पनि जारी रहेको छ । हिजो सार्वजनिक बिदा भएकाले बयान हुन सकेको थिएन ।

पछाईपछि कसको बयान हुन्छ भन्ने निश्चित नभएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

गत आइतबार सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी जोशीसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ११ : ४९ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ