सहकारी ठगीमा रविसहितका प्रतिवादीको बयान जारी « Khabarhub

सहकारी ठगीमा रविसहितका प्रतिवादीको बयान जारी


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयान आज पनि जारी रहेको छ । न्यायाधीश नीतिज राईको इजलासमा गत सोमबारदेखि प्रतिवादीहरुको बयान सुरु भए पनि गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीको मात्र बयान सकिएको छ ।

मंगलबार छविको बयान सकिएपछि लिला पछाईको बयान सुरु भएकोमा आज पनि जारी रहेको छ । हिजो सार्वजनिक बिदा भएकाले बयान हुन सकेको थिएन ।

पछाईपछि कसको बयान हुन्छ भन्ने निश्चित नभएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

गत आइतबार सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी जोशीसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ११ : ४९ बजे

तातोपानी पारीको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द

सिन्धुपाल्चोक– चीन सरकारले नेपाल–चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको

चीनको ‘पालास–१’ रकेटको पहिलो उडान सफल

एजेन्सी– चीनले ‘पालास–१ वाई–१’ नामक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक

रसुवा बाढी प्रभावित यातायात श्रमिकको उद्धार र पुनःस्थापनामा आईटीएफको चासो

काठमाडौं- अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) ले रसुवा बाढीबाट प्रभावित

आइसीएफसी फाइनान्सद्वारा १०.५२ नगद लाभांश प्रस्ताव

काठमाडौं– आइसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/२०८३ को नाफाबाट आफ्ना