२५ हजार घुस लिँदालिँदै समातिएका रोल्पा ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

२५ हजार घुस लिँदालिँदै समातिएका रोल्पा ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ ।

गत असोज १७ गते रोल्पा नगरपालिका-४ स्थित निवासमा सेवाग्राहीबाट घुस लिँदालिँदै बुढाथोकी पक्राउ परेका थिए । उनको साथबाट घुसबापत लिएको २५ हजार रुपैयाँ बरामद भएको आयोगले जनाएको थियो ।

बुढाथोकीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल र सम्पर्क कार्यालय नेपालगञ्‍जबाट खटिइ गएको टोलीले नियन्त्रणमा लिएको थियो।

अख्तियारमा बुढाथोकीले सवारीसाधनलाई आवतजावत गर्दा चालक र व्यवसायीसँग घुसररिसवत माग गरिरहेको उजुरी परेको थियो ।

घुससहित समातिएका बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिगो २५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको हो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ४ : ३१ बजे

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको