पुटिन समर्थक ब्लगरको हत्या गरेको आरोपमा एक महिलालाई २७ वर्षको जेल सजाय « Khabarhub

पुटिन समर्थक ब्लगरको हत्या गरेको आरोपमा एक महिलालाई २७ वर्षको जेल सजाय


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसको एउटा अदालतले क्रेमलिन समर्थक सैन्य ब्लगरको हत्या गरेको आरोपमा एक जना महिलालाई २७ वर्षको जेल सजाय सुनाएको छ ।

युक्रेनको योजनामा आक्रमण गरी प्रख्यात अतिराष्ट्रवादी ब्लगरको हत्या गरेको अभियोगमा रुसी अदालतले युद्धविरोधी कार्यकर्ता दर्या ट्रेपोभालाई २७ वर्षको जेल सजाय सुनाएको हो ।

गत वर्ष अप्रिलमा सेन्ट पिटर्सबर्गको एक क्याफेमा विस्फोट हुँदा भ्लाडलेन टाटारस्की मारिएका थिए । ट्रेपोभाले उनलाई विस्फोटकले भरिएको सानो मूर्ति उपहार दिएको बताइएको छ ।

यसै अभियोगमा सेन्ट पिटर्सबर्गको अदालतले बिहीबार ट्रेपोभालाई आतंकवादको अभियोगमा दोषी ठहर गरेको हो ।

२६ वर्षीया ट्रेपोभाले आफूले जानेर टाटारस्कीलाई नमारेको जनाएकी छिन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : ३६ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि