आज २०८० साल फागुन १४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन १४ गते सोमबारको राशिफल


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल फागुन १४ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी २६ तारिख । कृष्ण पक्षको द्वितिया तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ । बोलीमा सरस्वतीको बास छ । विवेक पुर्याएर बोल्नुपर्ने छ । माया गरेको धन प्राप्त हुनेछ । साथीबाट साथ र सहयोग मिल्नेछ । लगानीका क्षेत्र अब्बल छन् । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । वैदेशिक लगानीबाट सन्तोष मिल्नेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनसक्छ । गुरुबाट सोचेजस्तो साथ नरहन सक्छ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन राम्रो छ । साथीसँग रमाइलो गर्ने दिन हो । मोटरसाइकल सामान्य गतिमा चलाउनु पर्नेछ । अरुको हुटहुटीमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । कर्म बलियो रहेकाले लगानी बढाउनु पर्नेछ । परिवारको साथ र सहयोग रहनेछ ।

कर्कट : दिन सामान्य राम्रो छ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा विवाद बढ्नेछ । आर्थिक लगानीमा ठुलो काम नगर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुने योग छ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ । कर्मको प्रभावले सबैले प्रशंसा गर्नेछन् । न्यायपूर्वक गरेको लगानीको क्षेत्रबाट उन्नति हुनेछ । शिक्षामा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । पारिवारिक मर्म बुझेर चल्नुपर्ने योग रहेको छ ।

कन्या : दिन राम्रो छ । प्रतिस्पर्धी शान्त रहने छन् । स्वास्थ्यमा लाभ हुनेछ । हिम्मत गरेमा लगानीको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रका अगुवासँगको भेटले मनमा उत्साह थपिनेछ । हरेक कार्यमा परिवारको सहयोग मिल्नेछ ।

तुला : दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । सामाजिक सेवा गर्ने योग छ । परिवारको साथ र सहयोग रहनेछ । आफ्नो कुरा काट्नेसँग सचेत बन्नुपर्ने देखिन्छ ।

वृश्चिक : दिन सामान्य छ । पुरानो रोग बल्झिने खतरा छ । बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ । निजी लगानी गरेका कर्मक्षेत्र अब्बल छन् । वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ । परिवारको साथ र सहयोग राम्रो छ ।

धनु : दिन राम्रो छ । रमाइलो ठाउँको बयानले मन प्रभावित हुनसक्छ ।  मन खुशी हुनेछ । देश वा विदेश घुम्ने मिति तय हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : आजको दिन राम्रो छ । कर्म क्षेत्रमा निरन्तरता कायम रहनेछ । आर्थिक र सामाजिक क्षेत्रका लागि समय अब्बल छ । परिवारको साथ र सहयोग रहनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ ।

कुम्भ : समय सामान्य छ । संघर्ष गर्ने दिन हो । पछाडि कुरा काट्ने मित्र सक्रिय छन् । इमान्दारिता नगुमाउनु राम्रो हुनेछ । परिवार भने सकारात्मक छन् । ठूला काममा आजको दिन हात नलगाउनु राम्रो हुन्छ ।

मीन : समय राम्रो छ । खर्च बढ्ने योग छ ।  आफ्नो कारणले आम्दानी भन्दा खर्च बढ्नेछ । सामाजिक क्षेत्रमा आफन्तबाट अवहेला हुनेछ । नम्र भएर धार्मिक क्षेत्रमा मन दिनुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग रहन्छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : ५४ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा