बुर्किनाको एक चर्चमा आक्रमण, १५ उपासकको हत्या « Khabarhub

बुर्किनाको एक चर्चमा आक्रमण, १५ उपासकको हत्या


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

औगादुगु उत्तरी बुर्किना फासोमा आइतबारको प्रार्थनासभामा एक क्याथोलिक चर्चमा भएको ‘आतङ्कवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएको र अन्य दुई जना घाइते भएको चर्चका एक वरिष्ठ अधिकारीले बताएका छन् । 

डोरी सुबाका पादरी जिन–पियरे सवाडोगोेले विज्ञप्तिमा भने, ‘फेब्रुअरी २५ मा आइतबारको प्रार्थनासभाका लागि जम्मा भएका एस्साकेन गाउँको क्याथोलिक समुदायका मानिसहरू आतंकवादी हमलाको शिकार भएको हामी तपाईंको ध्यानाकर्षण गराउँछौँ ।’ उनले मर्नेहरूको सङ्ख्या १५ पुगेको र दुई जना घाइते भएको जानकारी दिए। 

बुर्किना फासोमा शान्ति र सुरक्षाका लागि आह्वान गर्दै सावाडोगाले ‘हाम्रो मुलुकमा मृत्यु र आतंक मच्चाउने मानिसहरूको निन्दा’ गरे। हमला भएको एस्साकेन गाउँ मुलुकको उत्तरपूर्वी बुर्किना फासो, माली र नाइजरको साझा सीमा नजिकै ‘तीन सीमा’ क्षेत्रका रूपमा चिनिन्छ । 

यो आक्रमण यस क्षेत्रमा सक्रिय जिहादी समूहहरूमाथि अत्याचारको शृङ्खलामा पछिल्लो हो । आक्रमणमा केहीले ईसाई चर्चहरूलाई निशाना बनाएका छन् भने पादरीको समेत अपहरण गर्ने गरेका छन् ।

बुर्किना फासो विशाल साहेल क्षेत्रको हिस्सा हो । यसलाई सन् २०११ मा लिबियाको गृहयुद्धपछि बढ्दो हिंसात्मक उग्रवादविरुद्धको लडाइँमा बन्द गरिएको छ । त्यसपछि सन् २०१२ मा उत्तरी मालीमाथि इस्लामवादीहरूले कब्जा गरेका छन् । 

सन् २०१५ मा बुर्किना फासो र नाइजरमा जिहादी विद्रोह विस्तार भएको हो । सन् २०२२ मा एक वर्षभन्दा पनि कम समयमा मुलुकमा दोस्रो सत्ता विद्रोहका रूपमा क्याप्टेन इब्राहिम ट्रोरेले सत्ता कब्जा गरेका थिए ।

दुवै सत्ता विद्रोह जिहादी हिंसालाई रोक्न सरकारको असफलतामाथि असन्तोषका कारण उत्पन्न भएको थियो । उक्त हिंसामा बुर्किना फासोमा कम्तीमा २० हजार मानिस मारिएका थिए भने २० लाखभन्दा बढी विस्थापित भएका थिए । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : ४५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा