अफगानिस्तानका विषयमा राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दै | Khabarhub Khabarhub

अफगानिस्तानका विषयमा राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दै


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको विषयमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक आज बस्ने भएको खामा प्रेसले जनाएको छ । 

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको दोहा बैठकपछि अफगानिस्तान सम्बन्धमा राष्ट्रसंघीय सुरक्षा परिषद्को यो पहिलो सत्र हो । 

टोलो न्युजका अनुसार अफगानिस्तानका लागि प्रस्तावित राष्ट्रसङ्घको दूतका सम्बन्धमा परिषद्को बैठकमा छलफल हुने अपेक्षा गरिएको छ । 

सुरक्षा परिषद्को सत्रका क्रममा परिषद्ले दोहा बैठकको नतिजा र अफगानिस्तानका लागि एक विशेष प्रतिनिधिको नियुक्तिबारे छलफल गर्ने स्रोतले संकेत दिएको छ । 

खामा प्रेसका अनुसार दोहा बैठक महासचिव गुटेरसको आयोजनामा फेब्रुअरी १८ र १९ मा भएको थियो । अफगानिस्तानको संकटको समाधानका लागि राष्ट्रसङ्घका विशेष प्रतिनिधिको नियुक्ति राष्ट्रसङ्घ र केही अन्य क्षेत्रीय मुलुकबीच एउटा महत्त्वपूर्ण मुद्दा बनेको छ । 

यसका अतिरिक्त चीन, रुस र इरानले तालिबानको स्वीकृतिमा अफगानिस्तानका लागि नयाँ प्रतिनिधिको स्वीकृतिको शर्त राखेका छन् । यद्यपि तालिबानले विज्ञप्तिमार्फत सार्वजनिकरूपमा विशेष प्रतिनिधिको नियुक्तिको विरोध गरेको खामा प्रेसले बताएको छ । 

दोस्रो दोहा बैठकपछि महासचिव गुटेरेसले नयाँ राष्ट्रसंघीय प्रतिनिधिको नियुक्तिलाई लिएर तत्काल परामर्श सुरु हुने घोषणा गरेका छन् । 

राष्ट्रसङ्घद्वारा अफगानिस्तानका लागि एक विशेष प्रतिनिधिको नियुक्ति यस क्षेत्रमा चलिरहेको संकटलाई सम्बोधन गर्ने दिशामा महत्त्वपूर्ण कदम हो र यसले शान्तिपूर्ण समाधान खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धतालाई जोड दिन्छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : १७ बजे

‘परान’ पनि आँसुको व्यापारतिरै : पछ्याइ पछ्याइ दर्शक रोएको भिडियो खिचेर फेसबुकमा ‘बुस्ट’

काठमाडौं – हल भिजिटका नाममा युट्युब मिडियाहरूले दर्शकको गोपनीयता भंग

प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न अमेरिका र चीन सहमत

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र

जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवाले लुटेका थिए प्रहरीको हतियार

काठमाडौं- उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले गत भदौ २३ र

खुला सिमाना हुँदा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या

काँक्रेविहार– गत मंगलबारदेखि परेको हिमपातका कारण डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय

बालेनलाई जेन-जी युवा माजिदको सुझाव : फेसबुकले देश चल्दैन, संयमित हुनुहोस्

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार राति फेसबुकमा नेपाली