अफगानिस्तानका विषयमा राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दै « Khabarhub

अफगानिस्तानका विषयमा राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दै


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको विषयमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक आज बस्ने भएको खामा प्रेसले जनाएको छ । 

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको दोहा बैठकपछि अफगानिस्तान सम्बन्धमा राष्ट्रसंघीय सुरक्षा परिषद्को यो पहिलो सत्र हो । 

टोलो न्युजका अनुसार अफगानिस्तानका लागि प्रस्तावित राष्ट्रसङ्घको दूतका सम्बन्धमा परिषद्को बैठकमा छलफल हुने अपेक्षा गरिएको छ । 

सुरक्षा परिषद्को सत्रका क्रममा परिषद्ले दोहा बैठकको नतिजा र अफगानिस्तानका लागि एक विशेष प्रतिनिधिको नियुक्तिबारे छलफल गर्ने स्रोतले संकेत दिएको छ । 

खामा प्रेसका अनुसार दोहा बैठक महासचिव गुटेरसको आयोजनामा फेब्रुअरी १८ र १९ मा भएको थियो । अफगानिस्तानको संकटको समाधानका लागि राष्ट्रसङ्घका विशेष प्रतिनिधिको नियुक्ति राष्ट्रसङ्घ र केही अन्य क्षेत्रीय मुलुकबीच एउटा महत्त्वपूर्ण मुद्दा बनेको छ । 

यसका अतिरिक्त चीन, रुस र इरानले तालिबानको स्वीकृतिमा अफगानिस्तानका लागि नयाँ प्रतिनिधिको स्वीकृतिको शर्त राखेका छन् । यद्यपि तालिबानले विज्ञप्तिमार्फत सार्वजनिकरूपमा विशेष प्रतिनिधिको नियुक्तिको विरोध गरेको खामा प्रेसले बताएको छ । 

दोस्रो दोहा बैठकपछि महासचिव गुटेरेसले नयाँ राष्ट्रसंघीय प्रतिनिधिको नियुक्तिलाई लिएर तत्काल परामर्श सुरु हुने घोषणा गरेका छन् । 

राष्ट्रसङ्घद्वारा अफगानिस्तानका लागि एक विशेष प्रतिनिधिको नियुक्ति यस क्षेत्रमा चलिरहेको संकटलाई सम्बोधन गर्ने दिशामा महत्त्वपूर्ण कदम हो र यसले शान्तिपूर्ण समाधान खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धतालाई जोड दिन्छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : १७ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक