भवन निर्माण आयोजनाबारे एमाले उपाध्यक्ष पौडेलको चासो « Khabarhub

भवन निर्माण आयोजनाबारे एमाले उपाध्यक्ष पौडेलको चासो


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माण सुरु हुन लागेको भवन निर्माण आयोजनाबारे आज स्थलगत अनुगमन गरी जानकारी लिएका छन् । 

आयोजनाको जानकारी लिँदै रूपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उपाध्यक्ष पौडेलले गुणस्तरियतासँगै समयमै काम सक्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरे। सो अवसरमा उनले कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न तथा गुणस्तरीय काममा जोड दिन आग्रह गरे।  

प्रादेशिक अस्पतालमा रु ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा एक हजार दुई सय शय्याको भवन निर्माण गर्न प्रक्रिया अगाडि बढेको छ । पाँच वर्षभित्र सो आयोजना सम्पन्न गर्ने लक्ष्य छ । उपाध्यक्ष पौडेलले रूपन्देहीमा ठूलो लगानीमा संरचना निर्माण हुन लागेको उल्लेख गर्दै प्रदेशले अगाडि बढाएको यो आयोजनालाई सङ्घीय सरकारबाट आवश्यकपर्ने सहयोगका लागि  पहल गर्ने बताए। 

उनले भने, ‘यो आयोजना प्रदेशवासीको सर्वाधिक सरोकारको आयोजना हो ।’

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जोखिमरहित तरिकाले अस्पतालको हालको स्वास्थ्य सेवामा कुनै पनि प्रभाव नहुने गरी पुराना संरचनालाई मार्किङ गरेर हटाउने प्रक्रिया सुरु भएको गरिएको उपाध्यक्ष पौडेललाई जानकारी दिए ।

अस्पतालमा बहिरङ्ग सेवामा जनरल मेडिसिन, न्युरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाड जोर्नी तथा नसा रोग, नाक कान घाँटी रोग, आँखा रोग, युरोलोजी, न्युरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरीलगायत सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी वरिष्ठ बाल रोग विशेषज्ञ डा नेत्रबहादुर रानाले जानकारी दिए । 

अस्पतालमा निर्माण हुन लागेका आयोजनाको जानकारी लिएपछि उपाध्यक्ष पौडेलले आजै अस्पतालका चिकित्सकसँग अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा बिस्तारका बारेमा बारेमा छलफल गरेका थिए । त्यस अवसरमा अस्पतालका बरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा विष्णु शर्माले लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालका रुपमा लैजान ढिलाई गर्न नहुने सुझाव दिए ।

यस्तै अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले प्रादेशिक अस्पतालमा निर्माण हुने पूर्वाधार आयोजनाको जनस्तरबाट विज्ञसहितको सुझाव तथा अनुगमन समिति बनाउनुपर्ने सुझाव दिए। उनले भवन निर्माण गर्दा आवश्यक संरचना व्यवस्थापनमा पटक पटक तोडफोड गरेर व्यवस्थापन गर्न नपर्ने गरी पहिले नै ध्यान दिनुपर्ने सुझाव दिए।

प्रदेश पूर्वाधार विकास प्राधिकरणमापत नयाँ भवनको निर्माण अगाडि बढेको हो । अस्पतालको ६ बिघा १२ कट्ठा जग्गामा भवन निर्माण हुन लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरणअन्तर्गत सो आयोजनाका प्रमुख इञ्जिनियर रमेश शर्माले जानकारी दिए । 

    विसं २०८५ साल पुसमा निर्माण सक्ने गरी हालै भवन निर्माणको सम्झौता भएको छ । अन्तर्राष्ट्रिय भारतीय कम्पनी क्याप साइट–आशिष–रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्तरूपमा काम गर्ने गरी गत पुस २६ गते उक्त सम्झौता भएको हो । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : १८ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक