चुकन्दर खानुभएको छ ? यसका फाइदा जानिराख्नुहोस् « Khabarhub

चुकन्दर खानुभएको छ ? यसका फाइदा जानिराख्नुहोस्


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिटरुट अर्थात् चुकन्दर  स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडसभेटासायनिन हुन्छ ।

भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ र हृदयाघातको जोखिम हुन दिँदैन । सबै उमेर समूहका लागि चुकन्दर उत्तिकै फाइदाजनक मानिन्छ ।

चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ । चुकन्दर खाँदा यसमा भएको नाइट्राइटस नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । यी दुवै तत्त्वले धमनीलाई फराकिलो पार्न र रक्तचाप कम गर्न सघाउँछ ।

चुकन्दरलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ । साथै गर्मी मौसममा देखा पर्ने छालासम्बन्धी थुप्रै समस्यामा छालालाई कोमल बनाउन समेत यसले फाइदा पुर्‍याउँछ ।  शरीरमा हेमोग्लोबिनको कमी छ भने पनि यसको सेवन गर्नाले फाइदा  पुर्‍याउने चिकित्सकहरू बताउँछन् ।

 चुकन्दर खाँदाका फाइदाहरू
– हर्मोन उत्पादनमा सहयोग पुर्‍याउँछ ।
– चुकन्दरमा पाइने नाइट्रेटले रक्तसञ्चारलाई सहयोग गर्नुका साथै मस्तिष्कलाई फ्रेस बनाउँछ ।
– यसमा पाइने भरपुर मात्राको आइरनले एनिमिया र डिमेन्सियाको जोखिम कम गर्छ ।
– शरीरमा अक्सिजनको वृद्धि भई मस्तिष्कले राम्ररी काम गर्न सहयोग पुर्‍याउँछ ।
– चुकन्दरले अल्जाईमर हुनबाट बचाउँछ ।
– चुकन्दरको जुस सेवन गर्नाले कलेजो र पेट सफा हुन्छ ।
– चुकन्दर खाँदा रक्तचाप नियन्त्रण हुन्छ ।
– हृदयघातको जोखिमबाट बचाउँछ ।
– चुकन्दरमा कुनै प्रकारको क्यालोरी हुँदैन । जसले शरीरको तौल सन्तुलन गर्न मद्दत गर्छ ।
– शरीरमा रगतको कमी हुन दिँदैन ।
– रक्त अल्पता हुनबाट बचाउँछ।
– गर्भवती महिलाको लागि फाइदाजनक मानिन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ७ : १० बजे

गोरखापत्रकाे महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल