बससंग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु | Khabarhub Khabarhub

बससंग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

सर्लाहीपूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ । 

दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । मंगलबार बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका २५-२६ वर्षका दुई युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा एक जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पन्जियार थारूले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते अर्का युवकको प्रादेशिक अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । 

डिएसपी थारुका अनुसार मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी छ । घाइतेका अभिभावक सम्पर्कमा आएका र उनीहरू आएपछि मृतक र घाइतेको सनाखत हुने प्रहरीले जनाएको छ । 

दुर्घटनापछि रोकिराखेको बस प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी थारुले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १२ : ५८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक