रोजगारीका कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरि नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन ।
प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिएका हुन् ।
उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेकोसमेत बताए ।
इलाम-२ को उपनिर्वाचनमा माओवादीबाट चार जनाको नाम सिफारिस
कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत
एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता
एकीकृत समाजवादीको राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन
राज्य व्यवस्था समितिमा बुधबार गृह मन्त्रालय बारे छलफल हुँदै
नेपाल लगानीको प्राथमिकतामा छ : एआइआइबी
एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटका क्रममा नेपाललाई लगानीको प्राथमिकतामा राखिएको जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा अर्थमन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए। जवाफमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका एआइआइबी निर्देशक आरएमपी रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा स्रोतको उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइने बताए ।
पचास प्रतिशत पूँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआइआइबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न अर्थमन्त्री पुनले आग्रह गरेका थिए । जवाफमा रथनायेकेले बहुवर्षीय आयोजनाको छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने औँल्याए।
सरकारी खर्च टाइट गरिएकाले अर्थतन्त्र शिथिलतामा गयो : अर्थमन्त्री पुन
राष्ट्रियसभा अध्यक्ष दाहाललाई भरतपुर महानगरकी मेयर रेणुले गरिन सम्मान
राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको हो: अध्यक्ष दाहाल
दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चले गरेको आदेशप्रति डा.केसीको आपत्ति
बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्रीसँग माग
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला पर्वतका गाउँबस्तीमा छन्। उनी आइतबारदेखि जिल्लाको पैंयूँ, विहादी, महाशिला हुँदै फलेवासका विभिन्न बस्तीमा भेटघाट गरिरहेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा गिरीलाई त्यहाँका स्थानीयले बाँदरले दिएको हैरानीको विषयमा ध्यानाकर्षण गराएका छन् । मन्त्री गिरीसँग जनप्रतिनिधि र किसानले बाँदर नियन्त्रणको कानुन अहिलेको आवश्यकता रहेकोले उचित कानुन बनाउन माग गरेका छन् ।
रास्वपाले चैत १४ गतेसम्ममा इलाम-२ को उम्मेदवार टुङ्ग्याउँछ: सहमहामन्त्री बुर्लाकोटी
राजनीतिमा छट्टुहरु हावी हुन थाले : गगन थापा
स्वयंसेविकाको वृत्तिविकासमा विशेष कार्यक्रम ल्याउनेछौँ : मुख्यमन्त्री कार्की
वर्तमान राजनीतिक समीकरण जनताको समृद्धि र स्थायित्वका लागि हो : ईश्वर पोखरेल
प्रजातन्त्रलाई संस्थागत गर्न जोशीको योगदान महत्वपूर्ण : नेता सिंह
ढोलाहिटी प्रकरण : बदलाको भावले दुई जनाको ज्यान गयो
होलीको दिन राति ललितपुरको ढोलाहिटीमा चक्कु प्रहार गरी दुई व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै सो घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका १८ मध्ये घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो ।
पाँचथरका पुजन राई र काठमाडौंका रेवशको हत्यामा संलग्न रहेको आरोपमा खोटाङका विजय राई र सुलभसहित भोजपुरका विशाल हाङ मुकारुङ राई तथा काठमाडौंका छेङ्वीहाङ राईलाई सार्वजनिक गरेको हो ।
हराएका २० मोटरसाइकल सवार धनीलाई हस्तान्तरण
धनगढीका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन
विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा र अधिकृत शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर
आयरल्याण्ड ‘ए’माथि नेपाल विजयी
नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिज क्लिन स्वीप गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक एक विकेट लिएका थिए ।
आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको लक्ष्य
बिहीबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिँदै
नेपालले आज बहराइनको सामना गर्दै
आत्मघाती हमलामा पाँच चिनियाँ मजदुर र चालकको मृत्यु
उत्तरपश्चिम पाकिस्तानमा एक आत्मघाती हमलाकारीले आफ्नो गाडीलाई निशाना बनाउँदा मंगलबार एउटा प्रमुख बाँध निर्माणस्थलमा कम गरिरहेका पाँच चिनियाँ नागरिक र एक चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।
पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो तर पाकिस्तानमा चिनियाँ श्रमिकहरूको सुरक्षा लामो समयदेखि चिन्ताको विषय बनेको छ ।
‘हमलामा पाँच चिनियाँ र उनीहरूको स्थानीय चालक मारिएका छन्’, खबैर पख्तुनख्वा प्रान्तका वरिष्ठ प्रहरी अधिकारी मुहम्मद अली गन्डापुरले भने।
कार्गो जहाज ठोक्किँदा बाल्टिमोरस्थित ‘फ्रान्सिस स्कट ब्रिज’ भत्कियो
केजरीवाललाई मुख्यमन्त्रीको कर्तव्य निर्वाह नगर्न माग गर्दै सार्वजनिक सरोकारको मुद्दा दायर
ब्राजिलमा बाढी र डुबान, २३ जनाको मृत्यु
इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी
अष्ट्रेलियामा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई बेपत्ता
श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याज दर नियन्त्रण
फ्लोरिडामा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचलाई सीमित गरिने
प्रतिक्रिया