रुखको झिलिमिलीले खोस्यो चराको निद्रा ! | Khabarhub Khabarhub

रुखको झिलिमिलीले खोस्यो चराको निद्रा !

रुखको आयु पनि घटाउँछ, शहरबाट पंक्षी हराउँछन्



काठमाडौं- काठमाडौंको मुख्य शहर मानिने दरबार मार्ग, अनामनगर, सिंहदरबार र न्युरोड लगायतका क्षेत्रमा रुखबिरुवामा बिजुली बत्ती जडान गरिएको देख्न सकिन्छ ।

शहर झिलीमिली बनाउने नाममा सस्तो लोकप्रियता खोज्न गरिएका यसखाले कामले मानिसको शहरी जीवनलाई क्षणिक खुसी र आनन्द दिए पनि पंक्षीले भने आफ्नो बासस्थान गुमाइराखेका छन् ।

झट्ट हेर्दा आकर्षक देखिए पनि झिलमिली बत्तीले रुखको आयु घटाउने अभियानकर्मी जीवनपति श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘सुरुमा मान्छेले थाहा नपाएर त्यस्ता बत्ती राख्ने गरेको पाइयो । ’

तर उक्त बत्तीको असरले रुखको आयु घट्ने र चराले रातको समयमा सुत्न नपाउने समस्या हुने जानकारी गराएपछि मानिसहरू सचेत भएको उनले बताए ।

त्यस्ता बत्तीका अनेकौं बेफाइदाबारे उनी नागरिकहरूलाई सचेत गर्दै आइरहेका छन् । काठमाडौं लगायत उपत्यकाका सार्वजनिक रुखहरूमा लगाइएको बत्ती जीवनपतिकै टोलीले हटाउँदै आएको छ ।

‘रुख मानिससहित सबै जीवजन्तुको साझा सम्पत्ति हो । रुखको सहयोगमा हजारौँ जीवजन्तुले आश्रय लिने भएकाले अनावश्यक झिलमिली बत्ती राख्न हुँदैन’ उनले खबरहबसँग भने, ‘ त्यसको असरबारे थाहा पाएपछि नागरिक आफैँले बत्ती हटाउन थालेका छन्, मानिसले जस्तै अरु जीवजन्तुले पनि सुरक्षितसाथ बाँच्न पाउनुपर्छ ।’

रुख सबैको साझा भएको र कृत्रिम प्रकाशका कारण चराको जीवन नै संकटमा परेकोतर्फ सचेत रहन उनले सबैलाई आग्रह गर्छन् । भन्छन्, ‘रुखमा राखिएको झिलिमिली बत्ती विकास र समृद्धि होइन ।’

त्यस्ता कार्य गर्दा धेरै पटक सोच्न आवश्यक रहेको उनी भन्छन्, ‘बत्ती बालेर आवाजविहीन प्राणीलाई राम्रोसँग सुत्न नसक्ने स्थिति सिर्जना गराउने काम मानव समुदायले गर्न हुँदैन ।’

जीवनपतिको अगुवाइमा नयाँ वर्षदेखि नै सार्वजनिक स्थानका रुखमा राखिएका बत्ती निकाल्न सुरु गरेको थियो । तर सबै ठाउँबाट अझै हटाउन भने सकेको छैन ।

दरबारमार्गका व्यवसायी उत्तम विष्ट बत्तीले चराहरुलाई असर गर्छ भन्ने थाहा नभएको बताएका छन् । उनी भन्छन्, ‘शहरको विशेषता भनेको झिलिमिली पनि हो । रुखमा बत्ती लगाउँदा चराहरूलाई असर गर्छ भन्ने नै ख्याल भएन । ’

‘काठमाडौं घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक दरबारमार्ग आएकै हुन्छन् । एक नारायणहिटी संग्रहालय हेर्न आउँछन्, उनले खबरहबसँग भने, ‘रात परेपछि पनि शहर झलमल्ल भएमा पर्यटक रोमान्चित हुन्छन् । त्यसकारण पनि लाइटहरु लगाइएको थियो । ’

शहरको यो भीडभाडमा चराहरु बास बस्दैनन् भन्ने थियो । तर मानिसहरुसँगै बस्न मन पराउने चराहरु शहरमा पनि बस्ने रहेछन् भन्ने अहिले थाहा भएको विष्टले बताए ।

चरा मानव निकट हुन रुचाउँछन् : पंक्षीविद्

पंक्षीविद् टीकाराम गिरीका अनुसार अधिकांश चरा मानवबस्तीनिकट हुन मन पराउँछन् । उनी भन्छन्, ‘मानवबस्तीमा खेतिपाती हुन्छ , उनीहरूले सुकाएका अन्न र फालेका खानेकुरा उपलब्ध हुन्छ । आहारको लागि सहज हुने भएकाले उनीहरू मानिस निकट बस्न मन पराउँछन् ।’

केही पंक्षीहरू मानब बस्ती आसपास आसपास बस्न रुचि राख्छन् । केही खोला तलाउमा बस्न मन पराउने र घना जंगलमा बस्न मन पराउने स्वभावका हुने उनले बताए । तर शहरबजारमा रुखमा पनि बिजुली बत्ती राख्दा पंक्षीहरूले आफूहरूलाई असुरक्षित महसुस गर्ने गिरीको तर्क छ ।

‘रातिमा पंक्षीहरूको बासस्थानमा रुख नै हो । कतिपयको निश्चित गुँड बनाएर बस्ने हुन्छन् । धेरै जसो रुखका हाँगामै बस्छन्’ उनले भने । तारबाट करेन्ट लागेर पनि धेरै चराहरू मर्ने गरेको गिरी सुनाउँछन् ।

‘जरा, लहरा तथा आहारा नै हो कि भनेर उनीहरुले चुच्चोले तान्छन् र टोक्छन् । त्यसक्रममा करेन्ट लागेर उनीहरू मर्छन्,’ उनी थप्छन्, ‘उनीहरूलाई थाहा हुँदैन । हामीले जाबो चरो हो भनिदिन्छौँ । तर प्राणी जगतमा चराको प्राण पनि मूल्यवान हुन्छ ।’ मानवीय त्रुटिले अनाहकमा चराले प्राण त्याग्नु परेको भन्दै उनी दुखेसो व्यक्त गर्छन् ।

तर केही जो रातमा मात्रै डुल्ने उल्लु जस्ता पंक्षीलाई भने किराफट्याङग्रा समाउनको लागि बत्तीले सहयोग गर्ने गिरीले बताए । भन्छन्, ‘विश्व भूगोल हेर्दा नेपाल चराको लागि अति नै उत्तम स्थान हो ।’

राष्ट्रिय निकुञ्जसँग सहकार्य गरेर नेपाल पंक्षी अभिलेख समितिले एक हप्ता अगाडि मात्रै गरिएको खोजअनुसार नेपालमा ८ सय ९५ प्रजातिका भेटिएका छन् ।

पृथ्वीमा सबै प्राणीमध्ये मानिस चेतनशील छ । तर मानिसले आफ्नो बुद्धि र विवेक आफ्नै हितको लागि मात्रै प्रयोग गर्दै आइरहेको । यो पृथ्वी मान्छेका लागिमात्रै हो भनेझैँ गरेर मान्छेले स्रोत र साधनलाई तोडमोड गर्दै र अन्धाधुन्ध उपयोग गर्दै आएको छ ।

प्रकृति आफैँ एक नियम हो । प्राकृतिक स्रोत र साधनहरुको अनियन्त्रित रुपमा आफूअनुकूल प्रयोग, उपयोग र कब्जा गर्दै गरेको छ । मानिसमात्रै त्यस्तो जीव हो जसले प्राकृतिक नियमलाई नजरअन्दाज गर्दै आएको छ ।

रुख विरुवा समग्र जीव तथा पंक्षीहरुका लागि नभइ हुँदैन । अझ विशेष पंक्षीको बासस्थान भनेको रुखविरुवा हो । तर मानिसहरूले आफ्नो शहर वा टोल उज्यालो पार्न रुखविरुवामा बत्ती जडान गर्नाले पंक्षीहरूले आफ्नो बासस्थान गुमाउँदै गएका छन् ।

चाडपर्व तथा कुनै विशेष उत्सवहरुमा गाउँघरतिर पनि रुखविरुवामा बिजुली बत्ती जडान गरिन्छ । तर शहरहरुमा बिनाउत्सव पनि बत्ती बाल्ने गरिन्छ । जसको प्रत्यक्ष असर पंक्षीहरूमा परेको देखिन्छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ७ : २१ बजे

दरबारमार्गमा एमालेको सभा, प्रधानमन्त्री ओलीसहितका नेता सहभागी (तस्बिरहरू)

काठमाडौं- सत्तारुढ नेकपा एमालेको जागरण सभा काठमाडौंको दरबारमार्गमा सुरु भएको

स्वास्थ्य सेवा ऐन अघि बढाउन मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन

सुकुम्बासीको प्रश्न- जग्गा कहिले पाइन्छ ?

भजनी– अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको

ओली हजुरबा त मामाघरका पो रहेछन् !

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन यहाँ प्रस्तुत गरेका छौँ

करिब ८५ किलोग्राम गाँजासहित तीन जना पक्राउ

पर्सा–  वीरगन्ज महानगरपालिका-१६ बाइपास रोडस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब