पाकिस्तानमा भयानक बन्दै बालविवाह « Khabarhub

पाकिस्तानमा भयानक बन्दै बालविवाह


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा बालविवाहका घटना बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार पाकिस्तानमा अझै १ करोड ९० लाख नाबालिका दुलहीहरु छन् ।

पाकिस्तानमा विवाह गर्ने बालिकाको उमेर १६ वर्ष तोकिएको छ । यद्यपि सिन्ध प्रान्तमा यो उमेर १८ वर्ष रहेको छ ।

हालै मात्र खैबर पख्तुनख्वा प्रान्तमा एकजना १२ वर्षीया बालिकालाई ७२ वर्षे वृद्धसँग विवाह गराइदिन लागिएको घटना बाहिरिएको थियो ।

इस्लाम खबरका अनुसार परिवारले बाध्य बनाएर ७२ वर्षे वृद्धसँग विवाह गराउँदै गर्दा ती बालिकाको उद्धार गरिएको थियो ।

पाकिस्तान संसारमै सबैभन्दा धेरै बालविवाह हुने मुलुकको सूचीमा पर्छ, जहाँ ३० प्रतिशत बालिकाहरुको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ ।

पाकिस्तानका दुर्गम एवम् जातीय प्रशासन रहेको क्षेत्रमा यो सङ्ख्या अझै बढी रहेको इस्लाम खबरले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : १० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी