तनहुँमा रासायनिक मल मौज्दात, किसानलाई ढुक्क | Khabarhub Khabarhub

तनहुँमा रासायनिक मल मौज्दात, किसानलाई ढुक्क


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

डुम्रे– बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो  । 

जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र मल आउने क्रम जारी रहेकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीले जनाएको छ । 

कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा विगत वर्षमा किसानले मल अभाव झेल्नुपरेको प्रमुख दिनेश शर्माले जानकारी दिए। उनका अनुसार जिल्लामा माग भएअनुरूप नै आयात भइरहेको र मौज्दात रहेको मल वितरण भइरहेको छ । रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने र मागअनुसारको आइरहेको र आउने क्रम जारी रहेकाले अभाव नहुने उनले बताए ।

कृषि ज्ञान केन्द्र र कृषि सामग्री कम्पनीसँगको मंगलबार भएको छलफलपछि सहमतिमा असार १५ गतेदेखि युरिया र डीएपी मल एकसाथ वितरण गरिने उनले बताए। उनले कम्पनीसँग रहेको मौज्दातले माग धानेकाले अभाव नहुने बताए। 

कृषि सामग्री कम्पनी लिमिटेडले तनहुँ र लमजुङ जिल्लाका किसानका लागि पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । तनहुँलाई एक सय ५० टन युरिया र दुई सय टन डीएपी  र लमजुङका लागि एक सय टन युरिया र एक सय टन डीएपी वितरण हुने उनले बताए।  

प्रमुख शर्माका अनुसार युरिया एक हजार छ सय ५० टन, डीएपी चार सय तीन टन, पोटास ५३ टन र चुना तीन टन आयात भएको छ भने थप मल आउने क्रममा रहेको छ । तनहुँका लागि युरिया एक हजार एक सय ४०, डीएपी दुई सय ९५ टन र पोटास ३६ टन माग छ । लमजुङको लागि युरिया पाँच सय टन, डीएपी एक सय आठ टन र पोटास १७ टन माग छ । 

गण्डकी प्रदेश सरकारले कोटा निर्धारण गरिसकेको र असार १५ देखि रोपाइँ धमाधम हुने भएकाले वितरणलाई पनि प्रभावकारी तवरबाट गरिने उनले बताए।  गत वर्ष चार प्रकारका मल गरी एक हजार चार सय १८ टन मात्रै मल आएकाले अभाव भएको थियो । तनहुँमा ९५ र लमजुङमा ५२ गरी एक सय ४७ वितरण केन्द्र छन् ।

कृषि ज्ञान केन्द्रले आवश्यकताअनुसार पालिकालाई कोटा निर्धारण गर्ने र पालिकाले सोहीअनुसार केन्द्रको कोटा निर्धारण गरी पत्र पठाएपछि मल प्रदान गरिने शर्माले जानकारी दिए । गत वर्षभन्दा यस वर्ष धेरै मल आयात गरिएकाले अभावको समस्या नआउने शर्माको विश्वास छ । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १२ : ४० बजे

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले