‘रिचार्ज’ पोखरी निर्माण गर्दै नासों गाउँपालिका « Khabarhub

‘रिचार्ज’ पोखरी निर्माण गर्दै नासों गाउँपालिका


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मनाङ– जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ । त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन् । पर्यावरण संरक्षणका लागि जिल्लाको नासों गाउँपालिकाले ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको छ ।

हिमाली क्षेत्रका तालतलैया तथा पानीका मुहान सुक्न थालेपछी रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ६ स्थित पोङ्कर ताल परिसरमा गाउँपालिकाको कार्यापालिका बैठक बसी रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।

उनले भने, ‘जलवायु परिवर्तनले परेको असर र यसको न्यूनीकरण गर्न आवश्यक देख्यौँ, जसले गर्दा मनाङका तालतलैया, प्राकृतिक पानीका मुहान अहिले सुक्दै गएका छन्, यसको संरक्षणका लागि हामीले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेका हौँ ।’ बैठकका साथै वडा नं ६ का भीमथाङपोङ्कर तालको स्थलगत अवलोकनसमेत गरिएको थियो ।

तीनवटा रिचार्ज पोखरी निर्माण गरिने ५ नंका वडाध्यक्ष थुतेन लामाले जानकारी दिए । उनका अनुसार अहिले वडा नं ६ का दुई स्थानमा रिचार्ज पोखरी निर्माण गरिनेछ । 

उनले भने, ‘वडा नं का लागि ३ नं मा रिचार्ज पोखरी निर्माण गरिसकिएको छ, अब भीमथाङ र तिल्चेमा रिचार्ज पोखरी निर्माण गर्ने भएका छौँ, बोर्ड बैठकबाट नै निर्णय गरेर प्रक्रिया अगाडि बढाउने भइसकेको छ ।’

भीमथाङमा ५० लिटरको रिचार्ज पोखरी बनाएर पानीको मुहान संरक्षण गरिने योजनासहित अगाडि बढिरहेको वडाध्यक्ष लामाले बताए । जलवायु परिवर्तनले परेको असर र यसको  न्यूनीकरणका लागि समुन्द्री सतहदेखि चार हजार मिटर उचाइ वडा नं ६ भीमथाङपोङकर ताल रहेका छन् । उक्त बैठकले पालिकाभित्र रहेका पानीका मुहान सुक्दै  जाने क्रम बढेकाले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय मनाङमा बाढी, पहिरो, अतिवृष्टि, अनावृष्‍टि, हिमपात कम हुनु, समयमा हिमपात नहुने कार्य बढ्दै गएको छ । त्यसले पानीको मुहान सुक्नु र केही फरक स्थानमा पानीको मुहान देखिने भएको छ । 

त्यसको संरक्षणमा गाउँपालिकाले कदम चाल्न थालेको जनाएको छ । कम हिमपात तथा समयमा हिमपात नहुँदा यहाँका पानीका मुहान सुक्दै जाने क्रम बढ्दो छ । यसका साथै जलवायु परिवर्तनको असर न्यूनीकरण तथा पानीको मुहान संरक्षणका स्थानीय सरकारका साथै प्रदेश र संघीय सरकारले चासो दिनुपर्ने देखिएको छ । 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ३ : ५३ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक