समाचार

आजका समाचार : राष्ट्रसङ्घमा प्रधानमन्त्रीलाई भ्याइनभ्याई, सुस्ता पुगे राष्ट्रपति र सरकार चाँडै ढल्ने प्रचण्डको दाबी 

By खबरहब

September 26, 2024

प्रधानमन्त्री ओलीसँग एमसिसीका कार्यकारी प्रमुखको भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै एमसिसीका कार्यकारी प्रमुख एलिस अल्ब्राइट। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० का कार्यकारी प्रमुख एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेकी छन्।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँगको भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी थिए।

परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता

विकसित र अल्पविकसित मुलुकको स्वास्थ्य सेवाको विभेद अन्त्य गर्नुपर्छ

हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउनुपर्छ : प्रधानमन्त्री ओली

सुस्ता पुगेर राष्ट्रपतिले गरे भूमि बचाउन भिडेका नेपालीको प्रशंसा

प्रधानमन्त्रीले राष्ट्रसंघमा सुनाए जलवायु परिवर्तनले नेपालमा निम्तिएको संकट

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव लाख्वाबीच भेटवार्ता

‘एलडीसी’ लाई सहयोग बढाउन जी–२० राष्ट्रलाई परराष्ट्रमन्त्री राणाको आग्रह

सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक : गृहमन्त्री

अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री पत्नी राधिका सहभागी

‘सरकार छाडेपछि म संसद्‍को सिंह र कार्यकर्ता सडकका बाघ भए’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा जनताका कयौँ काम गरेको बताएका छन् ।

बिहीबार काठमाडौंको कीर्तिपुरमा पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले आफू सरकारमा रहँदा दलाल पूँजीपतिहरूको राइँदाइँमाथि जेहाद छेडेको उल्लेख गरे ।

सदन र सडकबाट केही महिनाभित्रै परिस्थिति उल्ट्याइदिन सकिने पनि उनले बताए ।

‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौँ । तिमीहरू मिलेर बस भनेका छौं तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ’, उनले भने ।

राप्रपाका पूर्वसह-महामन्त्री शर्मा राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश

सहकारी प्रकरणमा स्वर्णिम र मनिषको एकैस्वर : रविमाथि राजनीतिक प्रतिशोधको प्रतिकार गर्छौँ

अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धानको सक्कलै फाइल पेश गर्न सर्वोच्चको आदेश

चीन भ्रमण छोट्याएर फर्किए स्वर्णिमसहित रास्वपाका नेताहरू

रास्वपाका पूर्वसांसद ढाकाकुमार ७५ हजार धरौटीमा छुटे

अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन

लुम्बिनी गुरुयोजनाबारे राष्ट्रियसभा संसदीय समितिको चासो

सुमनालाई नेविसंघको प्रश्न-शिक्षामन्त्री भइसकेको मान्छेले भ्रम छर्न मिल्छ ?

सुस्तावासीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवलपरासीको ९बर्दघाट सुस्ता पश्चिम० क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका छन् ।

नवलपरासी क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर ९सुस्ता० मल्टिस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले विद्युत् जडान भएका सुस्ता पश्चिमका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन्।

नेपाल विद्युत् प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्ध गरी एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ गरिएको थियो ।

‘स्वास्थ्य क्षेत्र प्रदेश कर्णाली प्रदेश सरकारको प्राथमिकतामा’

‘घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक’

‘जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक’

पर्यटकीय राजधानीको अनुभूति हुनेगरि काम गर्छु : मुख्यमन्त्री पाण्डे

दसैँ नजिकिएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि

पोखरा महानगरले सुपथ मूल्य पसल सञ्चालन गर्दै

टुक्रे रोकेर ठुला योजनालाई प्राथमिकता दिन्छौँ : मन्त्री काफ्ले

सप्तकोशी नदीमा खस्यो यात्रुबाहक बस सप्तकोशी नदीमा यात्रुबाहक बस खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो। प्रत्यक्षदर्शी उमेश मेहताले विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस केही बेर अघि नदीमा खसेको बताए ।

कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि नदीमा बस खसेको जानकारी आएको बताएका छन्। उनले यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएको छ । ‘बस खस्यो भन्ने जानकारी आएको छ । हामी घटनास्थलतर्फ जाँदै छौं । थप केही खुलेको छैन,’ तिवारीले भने ।

बसमा सवार यात्रु मध्ये १२ जनालाई कुशल उद्धार गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन भने भएको छैन। विराटनगर बाट गाईघाट जाँदै गरेको बस सप्तकोशीको हनुमाननगर तर्फको कोशी नदीमा खसेको थियो। घटनास्थल नेपाल प्रहरी र शस्त्र प्रहरी सहित स्थानीय यात्रुको उद्धार कार्यमा जुटेको प्रहरी उपरीक्षक दाहालले बताए।

शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक

‘रिचार्ज’ पोखरी निर्माण गर्दै नासों गाउँपालिका

अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते

बलात्कार र ठगी मुद्दाका फरार तीनजनालाई दुबईबाट पक्राउ गरेर ल्याइयो

खोला किनारबाट २० मिटरको मापदण्डविरुद्ध प्रदर्शन (तस्बिरहरू)

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, दुई विमान ‘डाइभर्ट’

तीन दिनमा लेबनानबाट ९० हजार बढी मानिस विस्थापित लेबनानमा तीन दिनमा ९० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन्। सोमबार यता इजरायलको आक्रमणका कारण लेबनानमा ९० हजारभन्दा धेरै विस्थापित भएका हुन्।

संयुक्त राष्ट्रसङ्घले यो संख्या अझ बढ्नसक्ने अनुमान गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले हिजो भएको इजरायली हवाई आक्रमणबाट मात्रै ५० जनाको मृत्यु भएको जानकारी गराएको छ

यसअघि इजरायलले लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा परेर ५५९ जनाको मृत्यु भएको थियो। सन् १९९० मा गृहयुद्ध समाप्त भएपछि लेबनानमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना हो।

यो आक्रमण हुनुअघि लेबनानका मानिसलाई एसएमएस, फोन र रेडियो सन्देशमार्फत क्षेत्र खाली गर्न चेतावनी दिइएको थिययो। उक्त चेतावनी लगत्तै बमबारी सुरु भएको बीबीसीले जनाएको छ।

राजदूत सोङ भन्छन्- नेपालसँग बहुआयामिक सम्बन्ध विस्तार गर्न चीन आतुर छ

सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

भारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु

आर्थिक सुधारका कडा शर्तसहित पाकिस्तानलाई आईएमफएको सात अर्ब डलर ऋण

मेक्सिकोमा गोली लागि ११ बन्दुकधारीको मृत्यु

आईएमएफले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने

पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रूसी सेनाको दाबी

चीन र रुसका विदेशमन्त्रीद्वारा राष्ट्रसङ्घमा युक्रेन सङ्कटबारे छलफल

बेलायतले लगानी सम्मेलनमा मस्कलाई नबोलाउने