धादिङको चिरौदीमा पहिरोले पुर्‍यो कार « Khabarhub

धादिङको चिरौदीमा पहिरोले पुर्‍यो कार


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा सडक माथिबाट खसेको सुख्खा पहिरोमा कार पुरिएको छ ।

गजुरीबाट काठमाडौं आउँदै गरेको ग २ च ७८८५ नम्बरको कार पहिरोमा पुरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीका अनुसार कारमा सवार चार जना घाइते भएका छन् । उनीहरुको बैरेनि अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

पहिरोका कारण सडक पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जेसीबीले पहिरो हटाउने प्रयास जारी रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ८ : ४८ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि