आजका समाचार : एमालेका अर्का सांसद पार्टीबाट निलम्बित, रवि पोखरामै अड्किए र पाकिस्तानमा चर्कियो आन्दोलन  | Khabarhub Khabarhub

आजका समाचार : एमालेका अर्का सांसद पार्टीबाट निलम्बित, रवि पोखरामै अड्किए र पाकिस्तानमा चर्कियो आन्दोलन 


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् ।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र रु एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे।


प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील छ भने।

त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गरे।

प्रधानमन्त्रीलाई विप्लवको सुझाव : नेपालमा विरोध हुँदैमा चीनसँग खुट्टा नकमाउनू

एमाले अध्यक्ष र महासचिवलाई गाली गरेपछि सांसद चौधरी एमालेबाट निलम्बित

अब नेपालको प्राथमिकता आर्थिक कूटनीति : परराष्ट्रमन्त्री राणा

सामाजिक सुरक्षाको बृहत्तर अवधारणामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी : अर्थमन्त्री

रविलाई ल्याइएन काठमाडौं, अब भोलि या पर्सि मात्रै
सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापतिरवि लामिछानेलाई बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याइने भएको छ।

उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि मंगलबार नै काठमाडौं ल्याउने तयारी थियो । तर प्रहरीले अब बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याउने भएको छ ।


रास्वपाका नेता दीपक बोहोराले लामिछानेलाई बुधबार साँझ या बिहीबार बिहानमात्रै काठमाडौं पठाउने जानकारी प्रहरीबाट मिलेको बताएका छन् । ‘कास्की प्रहरीले रवि दाइलाई भोलि साँझ वा पर्सि बिहान मात्रै काठमाडौं पठाउने भएको छ’, उनले भनेका छन् ।

कोशीका पूर्वमन्त्री अधिकारीको बयान : म आफैँ पीडित हुँ, न्याय मलाई चाहियो

सर्वोच्चको बोर्डमा कालो छ्याप्ने बिनु यादव प्रहरीको नियन्त्रणमा  (तस्बिरहरू)

रविलाई रिहा माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो

चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई‘‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । सोही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलोपटक सोमबारदेखि डिजिटल तालिम सुरुआत गरेको छ ।

नगरपालिकाले रोजगार सेवा केन्द्र समन्वयमा पहिलोपटक सञ्चालित सो तालिममा करिब ९० दिन सहभागीले आफूअनुकूल दैनिक तीन घण्टा सूचना प्रविधिका विभिन्न ११ आयामका बारेमा ज्ञान हासिल गर्नेछन् ।

बीपी कोइराला क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु

योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर  : मुख्यमन्त्री सिंह

दुग्ध विकास संस्थान सुधार गर्छु : कृषिमन्त्री अधिकारी

उपनिर्वाचन : हुम्लामा खटाइयो ७३ कर्मचारी

अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग

धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर

बडेमानका कन्टेनर नाघ्दै इस्लामावाद छिरे इमरानका समर्थक
तीन दिनदेखि देशभरबाट भेला भएका इमरान खानका समर्थक अन्ततस् राजधानी इस्लामावादको मुख्य चोकमा पुगेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको तहरिक-ए-इन्साफ (पीटीआई)ले गरेको प्रदर्शनका क्रममा करिब दर्जनको ज्यान गइसकेपछि सरकारी अवरोध छिचोल्दै समर्थकहरू राजधानीको मुख्य चोकमा छिरेका हुन् ।


पाकिस्तान गृहमन्त्री मोशिन नक्बीले सोमबार सम्बोधन गरेको इस्लामावादस्थित डी(चोकमा इमरानका समर्थक पुगेका हुन् ।

पाकिस्तानी अनला इन डनका अनुसार सोमबार भएको प्रदर्शनले हिंश्रक रुप लिँदा ज्यान गुमाउनेमा तीनजना सेनाका रेन्जर, दुईजना प्रहरी जवान र दुईजना प्रदर्शनकारी थिए ।

तस्बिरहरू

इजरायलसँग युद्धविराम अस्वीकार गर्ने कुनै बहाना छैन : युरोपियन युनियन

रूसले रातारात १८८ ड्रोन प्रक्षेपण गरेको युक्रेनको भनाइ

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

इन्डोनेसियामा बाढी : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

शान्ति वार्ता चलिरहँदा इजरायली आक्रमण जारी

पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन, तीन सेना र दुई प्रहरीसहित सात जनाको मृत्यु

 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ७ : ५५ बजे

अस्पतालमा नि:शुल्क भोजन बाँड्ने तुलसीको अनुभव- ‘मासु बाँड्दा पैसावाल नै थाल थाप्छन्’

गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीका तुलसी श्रेष्ठ (४५) ले विगत पाँच वर्षदेखि

विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

हेटौँडा– हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण

खानामा कपाल भेटिए के गर्ने ?

काठमाडौं– खानामा कपाल पर्नु, झर्नु वा भेटिनु साधारण कुरा हो

मासु खानेको स्वार्थ र बलिप्रथा

बलिको अर्थ आफैंभित्र रहेको पशु जस्तो स्वभावलाई मार्ने हो, निर्दोष