सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई न्यायोचित रुपले बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताएका छन् ।

पूर्वी चिवतनको सौराहामा आजदेखि सुरु भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले नेपालमा भएका संस्कृति र सम्पदाको न्यायोचित प्रयोग गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, “देशमा भएका साधनस्रोतलाई न्यायोचित तवरले देशको हित र अर्थतन्त्रलाई चलायमान गर्ने गरी बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।”

स्थानीय उत्पादनलाई प्रोत्साहन दिँदै महोत्सवलाई भरपुर उपयोग गर्नुपर्ने मन्त्री सिंहले बताए । महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीको म्युजिकल वाक, हात्तीको स्वास्थ्यपरीक्षण गरिने महोत्सवका संयोजक रामकुमार अर्यालले बताए ।

त्यसैगरी पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तरक्रिया जस्ता कार्यक्रमम गरिने जनाइएको छ । महोत्सवमा ८० वटा हात्ती सहभागी गराइने क्षेत्रीय होटल सङघ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ९ : ५४ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका