रुकुमपश्चिमका सडक धमाधम स्तरोन्नति गरिँदै « Khabarhub

रुकुमपश्चिमका सडक धमाधम स्तरोन्नति गरिँदै


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम– राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन् । सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका– ४ सोलावङबाट मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने शीतलपोखरीसम्म सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बसचालक रिमबहादुर पुनले बताए । उक्त सडकखण्डमा सडक चौडा, मोड सुधार र कालोपत्र गरिएको छ ।

पहिले सडक साँघुरो थियो, साँघुरो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्थ्यो, अहिले सडक स्तरोन्नति भएपछि मोडमा पनि सजिलै यातायातका साधन चलाउन सहज भएको  छ’, उनले भने ।

राप्ती राजमार्गअन्तर्गत सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका– ९ नुवाकोटको झक्ते खोलासम्म १० किलोमिटर, रुकुमपश्चिमको मुसीकोट नगरपालिका– ४ सोलावाङबाट शीतलपोखरीसम्म ६ किलोमिटर र सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक स्तरोन्नति भइरहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए । तीनवटै ठाउँमा सडक कालोपत्र, मोड सुधार र सडक चौडा बनाउने काम भइरहेको छ ।

राप्ती राजमार्गअन्तर्गत पर्ने सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका– ९ नुवाकोटडाँडा झक्ते खोलासम्मको १० किलोमिटर सडक निर्माण गर्न २१ करोडमा सम्झौता भएको छ ।

उक्त सडकखण्डको काम २०७८ चैतदेखि सुरु भएको हो । सडकखण्डको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको प्रमुख शर्माले जानकारी दिए । उक्त सडकखण्ड २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

त्यस्तै राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका– ४ सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक कालोपत्रको काम धमाधम भइरहेको छ ।

विसं २०७९ फागुनदेखि सडक निर्माणको काम सुरु भएको हो । हालसम्म ७० प्रतिशत प्रगति  भएको छ । सडकखण्ड स्तरोन्नतिका लागि २१ करोड विनियोजन गरिएको छ ।

सदरमुकाम नजिकको मुसीकोट नगरपालिका– ४ शीतलपोखरीबाट सोलावाङसम्मको ६ किलोमिटर सडकखण्डको मोड सुधार, सडक चौडा तथा पहिरो खसेको ठाउँमा तारजाली हाल्ने काम जारी छ । उक्त सडकखण्ड निर्माण गर्न रु छ करोडमा ठेक्का दिइएको छ । सो सडकखण्डको ५० प्रतिशत  प्रगति भएको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : २१ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित