लुम्बिनीमाथि बागमती प्रदेशको जित   « Khabarhub

लुम्बिनीमाथि बागमती प्रदेशको जित  


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो । अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशले सहज जित हासिल गरेको छ । शनिवार भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेश माथि ६ विकेटको जित हासिल गरेको हो । 

लुम्बिनी प्रदेशले दिएको १०७ रनको लक्ष्य बागमतीले ४ विकेट गुमाएर १७.२ ओभरमा पुरा गर्यो । बागमतीका लागि इशान पाण्डेले ५० रनको अर्धशतकीय पारी खेले । लुम्बिनीका लागि निर्मल गुरुङले २ विकेट लिए भने कृष्ण कार्की र अभिषेक गौतमले समान १-१ विकेट लिए ।     

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ३२.२ ओभरमा १०६ रनमा समेटियो ।  बागमतीका लागि सुर्य तामाङले सर्वाधिक ६ विकेट लिए । लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाए । जितसंगै बागमती १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । 

शीर्ष २ ले फाइनल खेल्ने तालिका अनुसार फाइनल खेल्ने सम्भावना भएपनि बागमतिले अन्य खेलको नतिजा भने कुर्नुपर्ने छ ।

प्रतियोगितामा पुलिस अहिले ६ खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । पुलिसले अझै केहि खेल बाँकी छ । यसैगरी मधेस प्रदेश १० अंकसहित तेस्रो स्थानमा रहेको छ । मधेशले पनि एक खेल खेल्न बाकी छ । 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ३ : ३१ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको