दरबार हत्याकाण्डका विषयलाई लिएर हामी र हाम्रो परिवारबारे भ्रम फैलाइयो : पूर्वराजा शाह « Khabarhub

दरबार हत्याकाण्डका विषयलाई लिएर हामी र हाम्रो परिवारबारे भ्रम फैलाइयो : पूर्वराजा शाह


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका विषयलाई लिएर आफ्नो र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् ।

शनिबार वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले ०५८ साल जेठ १९ गते भएको घटनालाई लिएर जालझेल गरी, नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएको टिप्पणी गरेका हुन् । उनले आफ्नो र आफ्नो परिवारलाई घातक प्रहार भएको पनि बताए ।

उनले भनेका छन्, ‘जेठ १९ २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रा परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए ।’

सत्य सधैँ सत्य नै रहने भन्दै पूर्वराजा शाहले प्रत्यक्षदर्शी हुँदा हुँदै पनि अज्ञानता र छलले अझै पनि बहकिरहेको विषय अन्यायपूर्ण मात्रै नभएर दुर्भाग्यपूर्ण पनि रहेको बताएका छन् ।

वीरगञ्जमा पूर्वराजा शाहले गरेको सम्बोधन-

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ५ : ०७ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त