खेल क्षेत्रमा बजेट बढाउने अर्थमन्त्रीको घोषणा « Khabarhub

खेल क्षेत्रमा बजेट बढाउने अर्थमन्त्रीको घोषणा


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – अर्थमन्त्री डा प्रकाशरण महतले खेलकुदको क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् । नुवाकोटको बट्टारमा आजदेखि सुरु भएको ‘विदुर मेयरकप फुटबल प्रतियोगिता’को उद्घाटन गर्दै अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो र प्रभावकारी हुने भएकाले खेल क्षेत्रमा अहिले विनियोजित बजेटको आकार बढाउन लागिएको बताए ।

“आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा खेल क्षेत्रका विभिन्न विधालाई प्रोत्साहनसहितका कार्यक्रम र बजेटको आकार बढाउने छौं”, उनले भने, “खेलकुदमा गरिएको लगानीले शारीरिक तन्दुरुस्ती बनाउन, युवालाई स्वदेशमा टिकाउन, अनुशासन कायम गराउन तथा अन्तर्राष्ट्रिय जगत्मा पहिचान बढाउनसमेत प्रभावकारी नतिजा निकाल्न सकिन्छ ।”

खेल प्रतियोगिता नियमित गराउन पूर्वाधारको अभाव, खेलाडीलाई टिकाउन र दक्ष बनाउन आर्थिक समस्याको चुनौती भएकाले बजेट वृद्धिले केही हदसम्म खेल क्षेत्रको समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे। थोरै लगानीबाट दीर्घकालीन प्रतिफल निकाल्ने योजनासहित खेल क्षेत्रको बजेटमा आगामी वर्ष प्राथमिकता पाउनेमा ढुक्क हुन अर्थमन्त्री महतले आग्रह गरे ।

“युवाको क्षमता वृद्धि तथा स्वास्थ्य र रोजगारी सिर्जनामा समेत खेलमा गरिएको लगानीले सहयोग पुर्याउने छ”, उनले भने, “खेलकुदका विभिन्न विधामा अहिले विनियोजित बजेटलाई समयसान्दर्भिक र लोकप्रियताका आधारमा केही परिमार्जन गर्नुपर्ने देखिन्छ ।”

आजदेखि सुरु भएको ‘अन्तरपालिकास्तरीय नुवाकोट च्याम्पियन विदुर मेयरकप फुटबल प्रतियोगिता’ हालसम्म जिल्लामा पालिकास्तरबाट सञ्चालित सबैभन्दा ठूलो धनराशि पुरस्कार भएकाले यस्ता प्रतियोगिताले खेल र खेलाडीको विकास र पूर्वाधार निर्माणमा योगदान गर्ने भन्दै उनले आयोजकको प्रशंसा गरे ।

विदुर नगरपालिकाको आयोजनामा जिल्लाका १० पालिकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका विजेताले रु चार लाख चार हजार चार सय ४४ र उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ प्राप्त गर्ने नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । आज आयोजित उद्घाटन समारोहमा आयोजक विदुरलाई म्यागङ गाउँपालिकाले १–० गोलअन्तरले पराजित ग¥यो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : २७ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त