कालीकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध « Khabarhub

कालीकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन् ।  

बीमा गराएका मध्ये १७ हजार ६ सय १२ जनाले शुल्क तिरेका छन् । एकतीस हजार ८४ अति गरिब, एक हजार सात सय चार अपाङ्ग, एक सय ५५ एचआइभी सङ्क्रमित, ३० कुष्ठरोगी, दुई हजार एक सय ४७ ज्येष्ठ नागरिक, एक सय ७३ महिला स्वास्थ्य स्वयमंसेविकाले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक सर्पराज रोकायाले जानकारी दिए ।  

‘महिला स्वास्थ्य स्वयमंसेविकाले बीमा रकममा ५० प्रतिशत छुट पाउने व्यवस्था छ’, उनले भने । हाल जिल्ला महिला स्वास्थ्य स्वयमंसेविकाको सङ्ख्या दुई सय ९८ रहेको छ । 

जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भए पनि ९२ हजार एक सय ५३ अर्थात् ६३ प्रतिशत नागरिकले सो कार्यक्रमबाट अझै लाभ लिन सकेका छैनन् । सरकारले अपाङ्ग, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित र ज्येष्ठ नागरिकको निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ । अन्यको शुल्क लिएर रु एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरेको संयोजक रोकायाले बताए। 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : ४० बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई