राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता | Khabarhub Khabarhub

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र  नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज भेटवार्ता भएको छ । 

राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको उक्त भेटघाटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्द्रपूर्ण रुपमा कुराकानी भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए । 

राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको स्पष्ट पार्दै अमेरिकी सहयोग विभिन्न क्षेत्रका अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको जानकारी राजदूतले गराएको पनि प्रवक्ता श्रेष्ठले बताए।  

त्यस प्रसङ्गमा अमेरिकी राजदूत थम्पसनले नेपालमा उत्कृष्ट प्रकृतिको धार्मिक सद्भाव रहेको आफूले पाएको विचार व्यक्त गरेका थिए । साथै नेपालबाट चोरी भई अमेरिका पुर्‍याइएका मूर्तिहरू नेपाल फिर्ता गरी सम्बन्धित मठमन्दिरमा पुनःस्थापना गर्ने अमेरिकी नीति रहेको पनि राजदूत थम्पसनले जानकारी दिएका थिए । 

छलफलका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध आयामका साथै सुशासन, विकास, वैदेशिक लगानीलगायत विविध विषयमा पार्टीको नीतिका बारेमा अध्यक्ष लिङ्देनले राजदूत थम्पसनलाई जानकारी गराएका थिए  ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १२ : २३ बजे

जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने

भारत–राष्ट्रसंघ कोषको सहयोगमा बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न

काठमाडौं– भारत–राष्ट्रसंघ कोषको सहयोगमा अफ्रिकी मुलुक बुर्किना फासोमा बाँध निर्माण

ज्ञानेन्द्र असली राजै होइन, राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त हो – ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम राजा ज्ञानेन्द्र शाह असली

संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह

काठमाडौं– सङ्घीय संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूले आग्रह गरेका

राजावादीलक्षित प्रधानमन्त्रीको टिप्पणी : जो मान्छे संविधान मान्दैनन्, तिनैले संसद अवरोध गरिरहेका छन्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदभित्र राजावादी र अराजकतावादीको उपस्थितिका