हर्क साम्पाङले पहिचान पक्षधर उम्मेदवारलाई सघाउने | Khabarhub Khabarhub

हर्क साम्पाङले पहिचान पक्षधर उम्मेदवारलाई सघाउने


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले इलाम– २ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई समर्थन गर्ने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवार लिम्बूलाई  जिताउन अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन । ईलाम–संस्कृतिवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई जिताऔँ । ’

यसअघि उनले इलामका स्वतन्त्र उम्मेदवार मिलन लिम्बूलाई सघाउने लिम्बू निकट व्यक्तिहरूले बताएका थिए । तर लिम्बूलाई रास्वपाले टिकट दिने हल्ला आएपछि साम्पाङको मुड परिवर्तन भएको हो ।

उनले दुई हप्ता अगाडि इलामका स्वतन्त्र उम्मेदवारलाई आफूले समर्थन गर्ने बताएका थिए । त्यसपछि मिलनले भेटेर आफूलाई सघाउन भनेका थिए । तर साम्पाङले भने पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार संस्कृतिवादी डकेन्द्रलाई जिताउन अपिल गरिरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बू

डकेन्द्र प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक पनि हुन् । पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता तथा जनताको उनलाई साथ छ ।  

प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति पहिचानवादीको साझा उम्मेदवारका रूपमा डकेन्द्र सिंलाई अगाडि सारेको पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता गोपाल किराँतीले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ०० बजे

काठमाडौँ महानगरमा ९५ प्रतिशत साक्षर

काठमाडौं – काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत

वाक्य जीवन, डिक जवानी, कमा बुढ्यौली, पूर्णविराम मृत्यु

अमेरिकी र जापानी जुत्ताका एजेन्ट एउटै जहाज चढेर अफ्रिका गएछन्।

बागलुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

ढोरपाटन – गलकोट नगरपालिका-२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको

गिरीबन्धु टी-इस्टेटको गेटमा कुकर बम र माओवादीको पर्चा

झापा – झापाको विर्तामोडस्थित गिरीबन्धु टी-इस्टेट उद्योगको गेट अगाडि कुकर

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली

कर्णाली – कर्णालीमा आगामी मङ्सिर २-९ गतेसम्म हुने दशौँ राष्ट्रिय