जीबी राई कहाँ छन् ? आइजीपीलाई थाहा छ, तर.... | Khabarhub Khabarhub

जीबी राई कहाँ छन् ? आइजीपीलाई थाहा छ, तर….


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखराको सूर्यदर्शन सहकारीबाट अर्बौं रुपैयाँ ठगेर फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई अहिले कहाँ होलान् ? प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर यसबारे जानकार रहेछन् । तर, उनीसँग जीबी राईलाई नेपाल ल्याउन नसकिएको बाध्यता पनि रहेछ ।

आईजीपी कुँवर आफैंले बुधबार जीबी राई रहेको थात ठेगानाको खुलासा गरे । तर, उनलाई नेपाल ल्याउन नसकिएको कुँवरले सुनाए ।

राज्य व्यवस्था समितिको बैठकबाट बोलाइएका आइजीपी कुँवरले जीवी राई मलेसियामा रहेको खुलासा गरेका हुन् ।

आखिर अहिलेसम्म नेपाल किन ल्याइएन त ? सुनौं प्रहरी प्रमुखको भनाइ उनकै शब्दमा–

जहाँसम्म सूर्यदर्शन सहकारीको कुरा छ, यसमा अहिले पाँचजना मान्छे पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने १५ जना मान्छे फरार छन् । त्यसमध्ये जीबी राईको ईस्यु अलि उठेको छ । जीबी राईको इस्युको सन्दर्भमा हामी पनि सम्वेदनशील छौं । किनकि यो सबै ईस्युको मुख्य जड त्यही हो भन्ने लाग्छ ।

यस सन्दर्भमा हामीले डिफ्युजन नोटिस जारी ग¥यौं । रेडकर्नर नोटिस जारी ग¥यौं । सम्बन्धित पक्ष, काउन्टर पार्ट, अहिले मलेसियामा छ नै भन्छु । हामीसँग मलेसियासँग सुपुर्दर्गी सन्धी छैन । त्यो कन्डिसन छ ।

अहिलेको समस्या भनेको मुलुकी फौजदारी संहिताले सुपुर्दर्गी गर भन्छ । जबकि त्यो वैदेशिक अधिकार प्रयोग गर्नेदेखि मान्छे डिपोट गर्ने काम गर्छ । तर, त्यो नहुँदा नहुँदै पनि मलेसियन सरकारले सुपुर्दर्गी, डिपोटको हकमा एउटा ड्राफ्ट पठाऊ भन्यो । हामीले अनौपचारिक रुपमा परराष्ट्र मन्त्रालयमार्फत त्यहाँ पठायौं । तर, त्यो अहिले मन्त्रालयमा गएर बसेको छ ।

तर, यति हुुँदाहुँदै पनि मलेसियन सरकार अहिले बाध्य भएको छैन । रेडकर्नर नोटिस, सुपुर्दर्गी सन्धी सबै कुरा डिप्लोम्याटिक रुपमा हामीले प्रयोग गरेका छौं । त्यति गर्दा गर्दै पनि मलेसियन सरकार सहमत भएन भने ऊ बाध्य हुँदैन । इन्टरपोलले ब्रिजिङ मात्रै गर्ने हो, फिर्ता पठाउन सक्दैन । त्यसकारण यो जघन्यखालको फाइनान्सिलय अपराध भएको कारणले ऊ बाध्य नभएको होला भन्ने छ ।

अझै पनि हामी साइड बाई साईड मेरो तहबाट काम गर्दैछु । त्यहाँ सहकर्मी साथीहरु हुनुहुन्छ, त्यहाँ एम्बेसीले पनि लबिङ गरिराखेको छ । माननीय उपप्रधानमन्त्रीज्यू र पूर्वगृहमन्त्रीज्यूले पनि यसमा प्रयास गरिरहेको हामीलाई आभाष भएको छ ।

यो पनि- 

गफको अखडा बन्यो राज्य व्यवस्थाको बैठक

भिडियो–

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : १६ बजे

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।