२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित « Khabarhub

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्समाथि पञ्जाब किंग्सले शानदार जित निकालेको छ। २६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले आठ बल बाँकी हुँदा कलकाताविरुद्ध दुई विकेट मात्र गुमाएर आठ विकेटको ऐतिहासिक जित निकालेको हो।

इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १८ दशमलव चार बलमा मात्र दुई विकेटको क्षतिमा २६२ रन बनाउँदै लक्ष्य भेट्टाएको हो।

पञ्जाबको जितका लागि जोनी बेयरस्टोले नटआउट १०८ रन बनाए। मात्र ४८ बल खेलेका उनले ८ चौका र ९ छक्का प्रहार गरे। शशांक सिंहले नटआउट अर्धशतक पूरा गरे। २८ बल खेलेका उनले आठ छक्का र दुई चौकाको मद्दतमा ६८ रन बनाएका हुन्। उसका लागि अर्का ओपनर प्रभसिमरन सिंहलेसमेत अर्धशतक प्रहार गरे। २० बल खेलेका उनले चार चौका र ५ छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन्। उनलाई कलकाताका सुनिल नारायणले रन आउट गरेका थिए। पञ्जाबका लागि १६ बल खेलेका रिली रोसोउले भने २६ रन बनाए। पञ्जाबविरुद्ध बलर नचलेको कलकाताका लागि मात्र एक विकेट सुनिल नारायणले लिए।

सुरुमा ब्याटिङ गरेको कलकाताका लागि फिल साल्ट र सुनिल नारायणले शानदार अधर्शतक बनाएका थिए। ३७ बल खेलेका साल्टले ६ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ७५ रन बनाएका थिए। नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन जोडेका थिए।

पहिलो विकेटका लागि उनीहरूले १३८ रनको साझेदारी गरेका थिए। वेंकटेश अय्यर ३९, कप्तान श्रेयस अय्यर २८ र आन्द्रे रसेल २४ रनमा आउट हुँदा रमनदीप सिंह ६ रनमा नटआउट रहे।

पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक दुई विकेट लिए। श्याम करन, हर्ष पटेल र राहुल चाहरले एकएक विकेट हात पारेका थिए।

यो जितमा पञ्जाबले आईपिएलमै केही ऐतिहासिक रेकर्ड बनाएको छ । यो खेलमा ठूलो रनको चुनौती आठ बल खेल्न बाँकी हुँदै पूरा गरेर रेकर्ड बनाएको छ । टि–२० को खेलमा ५२३ रन बनेको छ । जोनी बेयरस्टोले नटआउट ४८ बलमा १०८ रन बनाएर ऐतिहासिक जितको रेकर्डसमेत बनाएका छन् ।

यो हारसँगै कलकाता १० अंकसहित दोस्रो स्थानमा यथावत छ। पञ्जाब भने ६ अंकसहित आठौं स्थानमा छ। आईपिएल अन्तर्गत शनिबार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियनले प्रतिस्पर्धा गर्दैछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुँदैछ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : २२ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया