आचारसंहिता उल्लङ्घन गरेका मिलन लिम्बुलाई आयोगले स्पष्टीकरण सोध्ने « Khabarhub

आचारसंहिता उल्लङ्घन गरेका मिलन लिम्बुलाई आयोगले स्पष्टीकरण सोध्ने


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – इलाम क्षेत्र नं. २ को उपचुनावमा निर्वाचन आचारसंहिता उल्लंघन गरेका उम्मेदवार मिलन लिम्बूलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने भएको छ । आयोगले इलामस्थित मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई लिम्बूसँग स्पष्टीकरण सोध्न निर्देशन दिएको हो ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका लिम्बूले पार्टीको चुनाव चिह्न प्रष्ट देखिने ब्याच कोटको कलरमा झुण्ड्याएर इलामको माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा भोट खसालेका थिए ।

निर्वाचन आचारसंहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल र उम्मेदवार प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन र ब्याच लगाउन नहुने स्पष्ट लेखिएको छ ।

तर लिम्बू पार्टीको चुनाव चिह्न अंकित ब्याज लगाएरै मतदान केन्द्रमा पुगी मत दिएर बाहिरिएका थिए । लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको फोटो बाहिरिएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोध्न निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ५ : ५७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना