बझाङमा आजै मतगणना नगरिने « Khabarhub

बझाङमा आजै मतगणना नगरिने

तीनवटा केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउने प्रयास


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज नगरिने भएको छ । मतपेटिका केन्द्रीकृत गर्न समय लाग्ने देखिएकाले मतगणनामा ढिलाइ हुने भएको हो ।

दुर्गम स्थानमा रहेका कम्तिमा तीनवटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने, तर मौसम खराब रहेकाले तत्काल ल्याउन नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताएका हुन्‌ ।

लामिछानेका अनुसार आज भएको उपनिर्वाचनमा करिब ५० प्रतिशत मत खसेको छ । साइपाल गाउँपालिका लगायत विकट स्थानमा फोन सम्पर्क हुन नसकेकाले एकीन तथ्याङ्क संकलन नभइसकेको उनले जानकारी दिए ।

‘भौगोलिक विकटताका कारण आज नै जिल्लामा मतपेटिकाहरू संकलन गर्न नसकिएला जस्तो छ, आजै मत गणना हुँदैन,’ लामिछानेले भने, ‘साइपाल गाउँपालिकामा रहेका पाँच मतदान केन्द्रमध्ये तीन केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याउनुपर्ने हुन्छ, त्यसकारण शनिबार नै सबै मतपेटिका जम्मा गरेर मत गणना गरिहाल्न सम्भव छैन ।’

लामिछानेका अनुसार साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्छ । मौसमले साथ दिए धूली र काडाँको मतपेटिका आजै सदरमुकाम चैनपुर ल्याउने प्रयास भइरहेको छ । तर मौसम बदली भइरहेकाले एराङकुरीडाँडाको मतपेटिका ल्याउन नसकिने स्थिति रहेको उनको भनाइ छ ।

उनका अनुसार नेपाली सेनाको हेलिकोप्टर बझाङको सदरमुकाम पुगे पनि मौसम खराब भएकाले तीनवटा मतदान केन्द्रको मत सदरमुकाम ल्याउन समस्या छ । 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : १३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु