संविधान परिमार्जन गरेर अगाडि बढ्नु पर्छ : डा. शेखर | Khabarhub Khabarhub

संविधान परिमार्जन गरेर अगाडि बढ्नु पर्छ : डा. शेखर


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान परिमार्जन गरेर अगाडि जानुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आयुर्वेद क्याम्पस ईकाइले सोमबार कीर्तिपुरमा नवआगन्तुक विद्यार्थीहरुलाई गरेको स्वागत कार्यक्रम सम्बोधन गर्दै उनले संविधान परिमार्जन गरेर अगाडि जानु पर्नेमा जोड दिएका हुन् ।

‘केही साथीहरु संविधान संशोधन गरियो भने पेन्डोरा बक्स खुल्छ भन्नुहुन्छ । संविधान जारी गर्ने बेला पनि यही कुराहरु गरिएको थियो,’ कोइरालाले भने, ‘अहिले संविधान जारी गरियो भने अप्ठ्यारो परिस्थितिमा पर्छौं भनिएको थियो । तर, हामीले संविधान जारी ग¥यौँ, चल्दैछ । यसमा परिमार्जन गरेर अगाडि जानु पर्नेछ ।’

मुलुकमा भ्रष्टाचारले अत्यन्तै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको भन्दै उनले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन आफ्नोे अभियान भएको बताए ।

‘अहिले देशमा भ्रष्टाचारले अत्यन्त अप्ठ्योरो परिस्थितिमा देशलाई पारेको छ । राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन यो नै मेरो अभियान हो,’ नेता कोइरालाले भने, ‘यो कुरालाई हामीले गर्न सक्छौँ भन्ने विश्वास मलाई छ । म गर्न सक्छु, हामी गर्न सक्छौँ ।’

उनले आफ्नो अभियानमा नेविसंघको साथको पनि अपेक्षा गरे । ‘नेविसंघका साथीहरुले हामीलाई साथ दिनुहुन्छ, हामी गर्न सक्छौँ भन्ने विश्वास मलाई छ,’ कोइरालाले भने ।

उनले देशमा कुनै पनि कुराहरु ठीक नभएको पनि टिप्पणी गरे ।‘देशमा कुनै पनि कुरा ठीक छैन । सरकार ठीक छैन, नीतिहरु ठीक छैन,’ नेता कोइरालाले भने ।

कोइरालाले जनताले सहकारीमा गरेको बचत हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताए ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ११ : २९ बजे

गण्डकी प्रदेश प्रमुखद्वारा पूर्वप्रमुखको निधनमा शोक व्यक्त

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्वप्रदेशप्रमुख पृथ्वीमान गुरुङको आज

सुक्खा आँखाको समस्या बढ्दो, सावधानी अपनाउन सुझाव

काठमाडौं– तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग

ह*त्या गरेको अभियोगमा पक्राउ

ललितपुर- श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट श्रीमान् पक्राउ परेका छन्

रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र