टीओआर टुंग्याउन बसेको बैठक निष्कर्षविहीन, सत्ता पक्ष र विपक्षी आन्तरिक छलफलमा « Khabarhub

टीओआर टुंग्याउन बसेको बैठक निष्कर्षविहीन, सत्ता पक्ष र विपक्षी आन्तरिक छलफलमा


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेश तय गर्न बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्रीसहित सत्तापक्षका शीर्ष नेताहरुसँगको छलफलमा कांग्रेस लचिलो भएर प्रस्तुत भएको सहमहामन्त्री तथा कार्यदल सदस्य जीवन परियारले जानकारी दिए ।

उनले जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकाले कांग्रेस सत्तापक्षसँग लचिलो भएर प्रस्तुत भएको तर सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको परियारको भनाइ छ ।

‘सेफ ल्यान्डिङ गरेर जाऔँ । भोलि संसदमा बजेट प्रस्तुत गर्ने दिन छ, यस कारणले आज साँझसम्म टुंग्याउँ भनेर हामी अलि लचिलो भएर अगाडि बढेका छौँ,’ बालुवाटारबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग भने ।

प्रतिपक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षसँग बसेर धारणा बनाउने र साँझसम्म टुंग्याउने बताएको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीज्यूले दुबैतर्फको राय लिनुभएको छ । हामीले भनेको कुराहरु सत्तापक्षसँग राख्दै हुनुहुन्छ । उताबाट आएको कुरा हामीसँग राख्नुहुन्छ,’ परियारले भने, ‘प्रधानमन्त्रीज्यूले सत्ता पक्षसँग बसेर धारणा बनाउँछौँ, साँझसम्म बसेर अन्तिम टुंगोमा पु¥याउँछौँ भन्नुभएको छ ।’

सत्तारुढ दलका शीर्ष नेताहरूसँग कुरा नमिलेपछि कांग्रेसले दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने भएको छ । अहिले सत्तापक्ष नेताहरु बालुवाटारमा छलफल गरिरहेका छन्।

 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  १२ : ०९ बजे

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा